• कोरोना भाइरसः अमेरिकामा २४ घण्टाभित्र १,९४० को मृ*त्यु, संक्रमितको संख्या करिव ४ लाख ३५ हजार

    चैत्र २७, २०७६: अमेरिकामा पछिल्लो २४ घण्टामा १९ सय ४० जनाको मृ*त्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या १४ हजार ७ सय ७८ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ३१ हजार ९ सय ३५ नयाँ संक्रमित भेटिएका छन् । हालसम्म संक्रमितको संख्या ४ लाख ३४ हजार ९२७ पुगेको छ । संक्रमितमध्ये ९ हजार २ सय ७९ को स्थिति...

  • कोरोना अपडेट : बेलायतमा एक नेपालीको मृ*त्यु

    बिहिबार, २७ चैत २०७६: बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरस सङ्क्रमणका कारण मृ*त्यु भएको छ । पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको गएराति लण्डनको नर्थवीक पार्क अस्पतालमा निधन भएको हो । तमुधीं युकेको लण्डन शाखाका वरिष्ठ उपाध्यक्ष गुरुङ समाजसेवीका रुपमा चिनिन्थे । करिब दुई सातादेखि ...

  • अब दैनिक तीन हजार जनाको कोरोना परीक्षण गर्न सकिने

    २०७६, २७ चैत्र बिहीबार: सरकारले दैनिक तीन हजार स्वाब परीक्षण गर्नसक्ने गरी कोरोना भाइरस परीक्षण प्रयोगशालाको क्षमता विस्तार गरेको छ। क्षमता विस्तारसँगै स्वाब नमुना सङ्कलनलाई तीव्रता दिने तयारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा मात्र रहेको भाइरस परीक्षण सेवालाई तीन हप्ताको...

  • आज विश्व स्वास्थ्य दिवस

    अहिले विश्वभर नै स्वास्थ्य क्षेत्रको ठूलो चुनौती बनेको कोरोना भाइरस (कोभिड-१९) महामारीको बेलामा आफ्नो ज्यान नै जोखिममा राखेर लाखौँ संक्रमितको उपचारमा कार्यरत डाक्टर, नर्श लागायत सम्पूर्ण स्वास्थ्यकर्मीलाई हाम्रो पात्रो सलाम गर्दछ। स्वास्थ्यकर्मीलाई भगवानको दर्जा हाम्रो समाजले यतिकै दिएको हैन। सम्पूर्ण स्वास्थ्यकर्मीला...

  • ‘कारोनाको संक्रमण हुँदैमा ज्यान जाँदैन, आत्तिनुभन्दा सावधानी अपनाउनुपर्छ’

    २०७६, २४ चैत्र सोमबार: बढ्दो संक्रमणसँगै सर्वसाधारण कोरोना भाइरस (कोभिड–१९)बाट त्रस्त छन्। तर, वरिष्ठ चिकित्सक एवं विज्ञहरू भन्छन्, ‘यो भाइरसको संक्रमण हुँदैमा ज्यान जाँदैन। आत्तिनुभन्दा सावधानी अपनाउनुपर्छ। संक्रमित व्यक्तिले पनि उच्च मनोबल राख्नुपर्छ।’ नेपालमा संक्रमितको संख्या ९ पुगेको छ। तीमध्ये १ जनाले स्वास्थ्यला...

  • नेपालमा कोरोना परीक्षणको दायर बढाइँदै, एकै दिनमा आउन थाल्यो सयभन्दा बढीको नतिजा

    नेपालमा कोरोना भाइरस (कोभिड–१९) परीक्षणको दायर बढाइँदैछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, मानवअधिकारकर्मी तथा नागरिक समाजलगायतको दवाबपछि कोरोना परीक्षणको दायरा बढाइँदै लगिएको हो । नेपालमा कारोना जँचाउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको र दिनमै सयभन्दा बढीको नतिजा आउन थालेको छ। यसै क्रममा आज (आइतबार) ११५ जनाको न...

  • अमेरिकामा ५०० नेपालीलाई कोरोना भाइरस संक्रमणको पुष्टि

    आइतवार, चैत्र २३,२०७६: अमेरिकामा बसोबास गर्दै आएका ५०० नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी कोरोना भाइरसबाट संक्रमित भएका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष तथा पेशाले चिकित्सकसमेत रहेका डा.केशव पौडेलक...

  • भारतमा ७७ जनाको मृ*त्यु, एकाएक बढ्यो कोरोना संक्रमितको संख्या

    चैत २३, नयाँदिल्ली । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण भारतमा दिनप्रतिदिन फैलिरहेको छ । भारतमा त्यहाँको सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निक्कै पहल गरिरहेता पनि संक्रमण दर भने दैनिक रुपमा बढीरहेको संचारमाध्यमहरुले बताएका छन् । त्यहाँ संक्रमण रोक्न गत मार्च २५ देखि २१ दिनसम्म लकडा...

  • जीवन विमा कम्पनी नेपाल लाइफद्वारा कोरोनाविरुद्धको कोषमा एक करोड सहयोग

    जीवन विमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कोरोना भाइरसविरुद्धको कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ। नेपाल लाइफको सञ्चालक समितिले सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक करोड रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको हो । नेपाल लाइफले विगतमा समेत राष्ट्रले आव...

  • बेलायतमा भाइरस संक्रमणबाट मर्नेको संख्या एकै दिन २७% बढ्यो

    चैत १९, : बेलायतमा कोरोना भाइरसको संक्रमणका कारण मर्नेको संख्या एक दिनमै २७ प्रतिशतले बढेको छ । मंगलवार सार्वजनिक भएको नयाँ तथ्यांकअनुसार सोमवार ४ बजेसम्म त्यहाँका अस्पतालमा मर्नेको संख्या १ हजार ७८९ पुगेको छ । आइतवारको तुलनामा यो ३८१ जना धेरै हो । एकैदिनमा मृतकको संख्यामा भएको यो अहिलेसम्मकै ठूलो वृद्धि भएको सरकार...

  • कोरोनामा नेगेटिभ रिपोर्टले उब्जाएका प्रश्न

    करिब एक साताअघि चितवनको अस्थायी अस्पतालको आइसोलेसनमा कोरोना शंका गरिएका एक युवकको मृत्यु भयो। त्यसैगरी चैत १६ मा बुटवलको कोरोना अस्पतालमा दुबईबाट आएका कोरोनासँग मिल्दा लक्षण गरेका अर्का युवाको मृत्यु भयो। त्यस लगत्तै चैत १७ मा काठमाडौंका विभिन्न अस्पतालमा त्यस्तै रोगको प्रकृति गरेका ४ जनाको मृत्युको खबर आयो। यीमध्य...

  • यी हुन् कोरोना भाइरससम्बन्धी उपचार सेवा लिन सकिने देशैभरका अस्पतालहरु

    सरकारले कोरोना भाइरस (कोभिड १९)सम्बन्धी उपचार गर्न सकिने देशैभरका अस्पतालको सूची सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचीमा काठमाडौंमा शुक्रराज ट्रफिकल तथा सरूवा रोग अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, आयर्वेद रिसर्च सेन्टर र नेपाली सेनाको अस्पताल रहेको छ । यस...

  • भारतसँग सिमाना जोडिएका स्थानीय तहको क्वारेन्टाइन भरिभराउ

    चैत १९, कपिलवस्तु (चन्द्रौटा) । भारतसँग सिमाना जोडिएका स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइन भरिभराउ भएका छन् । भारतबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्न थालेपछि अहिले शय्याको अभाव हुन थालेको छ । भारतीय सीमासँग जोडिएका कपिलवस्तुको बिजयनगर गाउँपालिकाले ११७ शय्याको क्वारेन्टाइन निर्माण गरेको छ । सो क्वारेन्टाइनमा भ...

  • पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ नेपालीमा कोरोना पुष्टि

    पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक जनालाई गएकाे २ हप्तादेखि निरन्तर ज्वरो आएको थियो । स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना ...

  • धनगढीको सेती प्रादेशिक अस्पतालमा अब कोरोना परिक्षण रिपोर्ट एक घण्टामै

    धनगढीको सेती प्रादेशिक अस्पतालमा अब कोरोना भाइरस (कोभिड १९) जाँचको रिपोर्ट एक घण्टामै आउने भएको छ । कोरोना चाँच गर्ने मेसिनसहित धनगढी पुगेको विशेषज्ञ टोलीले बुधवारदेखि काम शुरू गरेको छ । मंगलबार साँझ मेसिन, किट, रेजेन्ट (केमिकल)सहित धनगढी पुगेको सो टोलीले जडानको काम शुरू गरेको हो । जुन मेसिनबाट १ घण्टामै कोरोना जाँच...

  • झापाको आइसोलेशनमा रहेकामा भेटिएन कोरोना

    ९ चैत । झापाबाट कोभिड–१९ परीक्षणका लागि स्वाब पठाइएका दुई व्यक्तिमा कोरोना सङ्क्रमण नभएको रिपोर्ट आएको छ । धरान पठाइएका अरु तीन वटा नमूनाको रिपोर्ट आउन बाँकी छ । मेची अञ्चल अस्पतालमा आइसोलेसनमा रहेका पाँचमध्ये दुई जनाको कोरोना परीक्षणका लागि उनीहरुको स्वाव काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल पठाइएको थियो ...

  • कोरोना संक्रमण: विश्वभर ४२ हजार बढीको मृत्यु, संक्रमितको संख्या साढे ८ लाख नाघ्यो

    बुधबार, चैत्र १९, २०७६: विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको संक्रमण विश्वका २०२ देशमा पुगेको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमणबाट बुधबार बिहानसम्म ४२ हजार १ सय ७ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या ८ लाख ५६ हजार ९ सय १७ पुगेको छ । संक्रमितमध्ये १ लाख ७...

  • सरकारलाई पत्तो छैन नेपालमा कति आइसियु र भेन्टिलेटर छन् ?

    २०७६ चैत १८ मंगलबार: नेपालमा कोरोना भाइरस कोभिड१९)का संक्रमित बिरामी फेला परेपछि सरकारले देशभर लकडाउन गरेको छ। कोरोना भाइरसको संक्रमण फैलन नपाओस् भनेर लकडाउन भएको एक सता भइसकेको छ। तर, लकडाउनको एक साता बितिसक्दा पनि सरकारसँग नेपालका अस्पतालहरुमा कति आइसियु र भेन्टिलेटर छन् भन्ने कुनै जानकारी नै छैन। स्वास्थ्य तथा...

  • यूएई कोरोना अपडेट : ६ जना नेपालीमा सङ्क्रमण, दुई जना निको भए

    चैत १८, २०७६ मंगलबार यूएई - संयुक्त अरब इमिरेट्स (यूएई) मा अहिलेसम्म ६ जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएको पुष्टि भएको छ। तीमध्ये दुई जना नेपाली निको भएका छन् । यूएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयलाई उद्धृत गर्दै आबुधाबीमा रहेको नेपाली दूतावासले ६ जना नेपालीमा कोरोनाको सङ्क्रमण भएको पुष्टि गर...

  • कोरोनाले ३३ हजार ९ सय बढीको मृत्यु, १ लाख ५० हजार निको भएर फर्किए

    २०७६, १७ चैत्र सोमबार एजेन्सी । कोरोना भाइरसबाट विश्वभर ३३ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ । आज विहानसम्म थप ३ हजार ७५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय ३६ जनाको मृत्यु भएको हो । यस्तै ७ लाख २१ हजार भन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । विश्वका २ सय भन्दा बढी मुलुकमा संक्रमण...

  • धनगढीमा उपचाररत कोरोना संक्रमित युवकको गुनासोः चिकित्सक हेर्न सम्म आउँदैनन्

    २०७६, १५ चैत्र शनिबार : धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित युवकले आफूलाई पूर्ण रुपमा बेवास्ता गरिएको गुनासो गरेका छन् । मंगलबार अस्पतालमा भर्ना भएका कैलालीका ३४ वर्षीय पुरुषलाई कोरोनो संक्रमण भएको पुष्टि भएको थियो । शुक्रबार साँझ पोजेटिभ रिपोर्ट आएपछि उनलाई अस्पतालले छुट्टै आइसोलसेन वेडमा राखेक...

  • धुम्रपान गर्नेहरुलाई कोरोना भाइरसको संक्रमण चाँडै हुने

    १५ चैत । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको बढी जोखिम धुम्रपान गर्ने व्यक्तिमा हुने पाइएको छ । धुम्रपान गर्ने व्यक्तिहरुको शरीर अति संवेदनशील हुने हुँदा बिरामीहरुसँग लड्ने क्षमता हुदैन त्यसैले धुम्रपान गर्ने व्यक्तिहरुलाई कोरोना भाइरसको संक्रमण चाँडै नै हुने युरोपियन युनियन हेल्थ एजेन्सीको रि...

  • कोरोना संक्रमणबाट इटालीमा ज्यान गुमाउनेको संख्या ९ हजार नाघ्यो

    २०७६ चैत १५ शनिबार: कोरोना संक्रमण (कोभिड-१९) बाट इटालीमा ज्यान गुमाउनेको संख्या ९ हजार १ सय ३४ पुगेको छ। कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, शनिबार बिहान साढे ६ बजेसम्म इटालीमा कुल ८६ हजार ४ सय ९८ मा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ १० हजार ९ सय ५० जना उपचारपछि निको भएका छन्। अमेरिकामा सं...

  • नेपालमा कोरोना भाइरसका चौथो संक्रमित धनगढीमा भेटिए

    २०७६, १५ चैत्र : नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार प्रादेशिक अस्पताल धनगढीमा उपचाररत ३४ वर्षीय एक व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता विकास देवकोटाले संक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न ...

  • ‘कोरोना भाइरस शंका भएकाको परिचय यस कारण राख्नु पर्छ गोप्य ’

    काठमाडौं, १४ चैत । सञ्चारमाध्यम र सञ्चारकर्मीले कोभिड–१९ को सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा आशङ्कित वा सङ्क्रमितको आशङ्का गरिएका वा सङ्क्रमितको व्यक्तिगत गोपनीयतामा ध्यान दिनुपर्ने व्यवस्थासहितको निर्देशिका जारी गरिएको छ । प्रेस काउन्सिल नेपालले कोरोना भाइरसको सङ्क्रमण सम्बन्धमा समाचार सामग्...

  • यी हुन् सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

    विश्वभरका १८८ देशमा आंतक मच्चाइरहेको कोरोना भाइरसको संक्रमण नेपालमा फैलिएको छैन। संक्रमण फैलन सक्ने उच्च जोखिममा भने छ। यही जोखिमलाई मध्यनजर गर्दै सरकारले जनतालाई आंतकित नबन्न तर सुरक्षित हुन अनुरोध गरेको छ। एक साताका लागि देशनै लकडाउन गरिएको छ। घरबाट बाहिर ननिस्कन, सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ। कोही मा...

  • कोरोना संक्रमितको संख्या अमेरिकामा सर्वाधिक, उछिन्यो चीन र इटालीलाई

    २०७६ चैत १४ शुक्रबार: कोरोना संक्रमितको दर अमेरिकामा सर्वाधिक देखिएको छ। शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार, अमेरिकामा कुल ८३ हजार ८ सय ३६ जना कोरोना संक्रमित भएका छन्। कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, कोरोना संक्रमितको संख्या चीनमा ८१ हजार ७ सय ८२ हजार छ। इटालीमा सो संख्या ८१ हजार ७ सय ८२ छ।...

  • गर्मीमा कोरोना संक्रमण रोकिन्छ? कसरी फैलन्छ भाइरस?

    कोरोना भाइरसको संक्रमण प्रथम पटक गत डिसेम्बरमा चीनको वुहान सहरमा देखिएको थियो। त्यसपछि यसको संक्रमण विश्वका १ सय ८६ मा फैलिसकेको छ। कोरोनाबाट बँच्नका लागि विभिन्न देशका सरकार आफ्ना नागरिकहरुलाई सतर्कता अपनाउनका लागि अपिल गरिरहेका छन्। केही स्थानहरुमा गर्मीमा कोरोना भाइरस नष्ट हुनसक्ने भनी विभिन्न तर्कहरु आइरहेका छन्...

  • कोरोनामा प्रयोग हुने औषधीको उत्पादन नेपालमै सुरु, औजारको अभावले चिकित्सक त्रसित

    २०७६, १४ चैत्र: सरकारले लकडाउन सुरुभएपछि उपभोग्य बस्तु र औषधीको अभाव नहुने दावी गरिरहेका बेला चिकित्सकहरुले भने कोरोना संक्रमितलाई आइसोलेशनमा राखेर उपचार गर्दा कुन विधि र औषधी प्रयोग गर्ने भन्ने ज्ञानको अभाव भएको बताएका छन् । उपचारका क्रममा संक्रमितसंगै नजिक भएर बस्नु पर्ने तर, आफुहरुसंग संक्रमण क्षेक्न सक्ने मास्क र ...

  • कोरोनाका कारण मुलुकको अर्थतन्त्र प्रभावित, राहत प्याकेज ल्याउने सरकारको तयारी

    २०७६, ११ चैत्र मंगलवार : कोरोना भाइरस (कोभिड १९)का कारण मुलुकको अर्थतन्त्र प्रभावित भएपछि पर्यटन, श्रम, पूर्वाधार, उद्योगलाई प्राथमिकतामा राख्दै राहत प्याकेज ल्याउने तयारी सरकारको छ । सरकारद्वारा गठित कोरोनाको असरले अर्थतन्त्रमा पारेको असरबारे अध्ययन समितिले सूक्ष्म अध्ययन अन्तिम चरणमा र्पुयाएको छ। खासगरी कर भुक...