२०७६ चैत १५ शनिबार: कोरोना संक्रमण (कोभिड-१९) बाट इटालीमा ज्यान गुमाउनेको संख्या ९ हजार १ सय ३४ पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, शनिबार बिहान साढे ६ बजेसम्म इटालीमा कुल ८६ हजार ४ सय ९८ मा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ १० हजार ९ सय ५० जना उपचारपछि निको भएका छन्।
अमेरिकामा संक्रमण उच्च गतिमा
संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणको दर पछिल्ला दिनमा उच्च देखिएको छ।
शनिबार बिहान साढे ६ बजेसम्म अमेरिकामा कुल १ लाख १ हजार ६ सय ५७ जनालाई संक्रमण पुष्टि भएको छ। जबकि, शुक्रबार बिहान यही समयमा त्यहाँ संक्रमणको संख्या ८३ हजार ८ सय ३६ थियो।
विश्वभर झन्डै ६ लाखलाई संक्रमण
विश्वभर ५ लाख ९३ हजार २ सय ९१ लाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ हजार १ सय ९८ पुगेको छ। त्यस्तै, १ लाख ३० हजार ९ सय १५ उपचारपछि निको भएका छन्। स्वास्थ्यखबर






















