खबिन लुइटेल ।। नेकपाले आगामी फाल्गुण २१ को निर्वाचनको लागि पाँचथर जिल्लाका उम्मेद्वारको टुंगो लगाएको छ ।
एक मात्र प्रतिनिधी सभा सदस्यको निर्वाचन क्षेत्र रहेको पाँचथर जिल्लाबाट यो पल्ट हर्क नेम्वाङ “मिक्सो” को एकल नाम शिफारिस गरिएको पूर्व माओवादी पार्टीका जिल्ला अध्यक्ष विशाल रसाइलीले जानकारी दिनुभयो ।
नेकपा पाँचथरको आज बसेको सचिवालय वैठकमा सबै बक्ताहरुले हर्क नेम्वाङ मिक्सोको नाम प्रतिनिधी सभाको प्रत्यक्ष निर्वाचनको लागि प्रस्ताव गरेका थिए ।
अरु आकांक्षी समेत नभएको र जिल्लाको सर्ब मान्य नेताको रुपमा नेम्वाङलाइ शिफारिस गरिएको सचिवालय श्रोतले जानकारी दियो ।
नेम्वाङ साविकको नेकपा माओवादी केन्द्रको कोशी प्रदेश अध्यक्षको भूमिकामा रहनुभएको थियो ।
माओवादी केन्द्र, नेकपा एस र जसपा नेपाल एकता पक्षधरका नेता तथा कार्यकताहरु पाँचथर जिल्लामा नेकपा भित्र गोलबद्ध भएका छन् ।






















