जीवन विमा कम्पनी नेपाल लाइफद्वारा कोरोनाविरुद्धको कोषमा एक करोड सहयोग

जीवन विमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कोरोना भाइरसविरुद्धको कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

नेपाल लाइफको सञ्चालक समितिले सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक करोड रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको जानकारी गराएको छ।

महामारीको सन्दर्भमा समेत नेपाल लाइफले नेपाल सरकारको उक्त कोषमा गरेको सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन्न तथा न्यून आय भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका निम्ति केही सहयोग पुग्ने विश्वास व्यक्त गरेकोे छ।

from:radionrn

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार