नेपालमा कोरोना भाइरस (कोभिड–१९) परीक्षणको दायर बढाइँदैछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, मानवअधिकारकर्मी तथा नागरिक समाजलगायतको दवाबपछि कोरोना परीक्षणको दायरा बढाइँदै लगिएको हो ।
नेपालमा कारोना जँचाउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको र दिनमै सयभन्दा बढीको नतिजा आउन थालेको छ। यसै क्रममा आज (आइतबार) ११५ जनाको नमुना (स्वाब) परीक्षणको नतिजा आएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार आजका नतिजा सबै नेगेटिभ अर्थात् कोरोना संक्रमण नरहेको पुष्टि भएका छन्। यो गरेर अहिलेसम्म नेपालमा कोरोना परीक्षण गराउनेको कूल संख्या एक हजार ६ सय ५६ पुगेको छ।
जसमध्ये ९ जनालाई मात्रै कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले आइतबार अपराह्न आफ्नो वेवसाइटमा गरेको अपडेटअनुसार आइतबार आएका ११५ रिपोर्टमध्ये सबैभन्दा बढी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ८८ नतिजा आएको हो।
काठमाडौं उपत्यकाबाहिर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ९, सुर्खेत प्रादेशिक अस्पतालबाट १२ र सेती प्रादेशिक अस्पतालबाट ६ जनाको रिपोर्ट आइतबार आएका हुन्।
आइतबारै ५० जनाको रिपोर्ट आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ। आजसम्म आएका कूल परीक्षणको नतिजामध्ये १५ सय २० वटा नेगेटिभ अर्थात् कोरोना भाइरस नदेखिएका छन्। from:radionrn






















