भारतमा ७७ जनाको मृ*त्यु, एकाएक बढ्यो कोरोना संक्रमितको संख्या

चैत २३, नयाँदिल्ली । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण भारतमा दिनप्रतिदिन फैलिरहेको छ । भारतमा त्यहाँको सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निक्कै पहल गरिरहेता पनि संक्रमण दर भने दैनिक रुपमा बढीरहेको संचारमाध्यमहरुले बताएका छन् ।

त्यहाँ संक्रमण रोक्न गत मार्च २५ देखि २१ दिनसम्म लकडाउन गरिएको छ । भारतीय टेलिभिजन च्यानल आजतकले त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बताए अनुसार कोरोना भाइरसको संक्रमणका कारण आइतवार अपरान्ह ३ बजेसम्ममा मर्नेको संख्या ७७ पुगेको छ भने ३ हजार ३७४ जना संक्रमित भएका छन् ।

पछिल्लो चौविस घण्टमा मात्रै ६७ जना नयाँ संक्रमितहरु फेला परेका छन् ।भारतका दक्षिणी राज्यहरूमा कोरोना भाइरसको संक्रमण बढी देखिएको छ । हालसम्म महाराष्ट्रमा सबैभन्दा धेरै ६६१ जनामा संक्रमण रहेको छ भने दिल्लीमा ४४५ जना संक्रमित छन् ।

तमिलनाडुमा ४८५ जनामा संक्रमित छन् ।त्यसैगरी उत्तरप्रदेशमा २३४ जना छन् भने पश्चिम बंगालमा ६३ जना रहेका छन् । त्यस्तै बिहारमा ३१ जना र उत्तराखण्डमा १६ जना संक्रमित छन् ।

त्यहाँ १९ ओटा राज्यमा कोरोना भाइरसको संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । त्यसैगरी त्यहाँ २ जना स्वास्थ्यकर्मी पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् । विभिन्न एजेन्सीको सहयोगमा /abhiyan

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार