• सीमा प्रसासन : उतापटी हातहतियार सहित SSB, यतापटी कार्यालय सहयाेगी मात्र

    पाँचथर ।। जिल्लाको उत्तरी याङवरक गाँउपालीकाको च्याङथापुमा रहेको सीमा प्रसासन कार्यालयमा बोर्ड र झन्डा मात्र रहेको छ । सिमा क्षेत्रबाट धेरै टाढा भए पनि कार्यालय चाँही खुलेको छ तर यहाँ कार्यालय सहयोगी मात्र छन् । बाकी कर्मचारीको दरबन्दी भए पनि यहाँ बस्ने गरेको छैनन । कार्यालयका लागि ८ जना कार्मचारीको दरबन्दी रहेको भए ...

  • प्रदेश मन्त्रिपरिषद्का निर्णय कार्यान्वयन गर्न केन्द्रकै भर

     १० फागुन:  सुदूरपश्चिम प्रदेशको मन्त्री परिषद्ले गरेका निर्णय कार्यान्वयन गराउनका लागि केन्द्र सरकारको भर पर्नुपर्ने भएको छ । यहाँको प्रदेश सरकारले जस्तो निर्णय गरे पनि त्यसको कार्यान्वयनका लागि केन्द्र सरकारको निर्णय पर्खिनुपर्ने बाध्यता रहेको छ । गएको माघ ६ गते बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठ...

  • वीर अस्पतालको लिफ्ट चुडिदा २ को ज्यान गयो

    काठमाण्डौ ।। वीर अस्पतालमा निर्माणाधीन सर्जिकल भवनको लिफ्ट चुडिँदा दुई जना कामदारको मृत्यु भएको छ । घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् । अस्पतालका निर्देशक डा. किरण श्रेष्ठका अनुसार नयाँ भवनमा सामान लोड गरी झार्ने क्रममा लिफ्ट चुडिएको हो । मृत्यु हुनेमा सप्तरीका नवीन चौधरी र भूमिकुमार चौधरी रहेको अस्पतालले जन...

  • चार महीनादेखि स्वास्थ्यकर्मीले तलब पाएनन्

     १० फागुन: तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीले चार महीनादेखि तलब नपाएको गुनासो गरेका छन् । अस्पतालमा कार्यरत ६० मध्ये करारका ५७ स्वास्थ्यकर्मी र कर्मचारीले असोज महीनादेखिको तलब नपाएको गुनासो गरेका हुन् । तीन स्वास्थ्यकर्मी सरकारले काजम...

  • १ सय ५ दिन पछी धर्ना तोड्दै निर्मलाका बुबा आमा

    काठमाडौं– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्या भएको सात महिना पुगेको छ । तर, अहिलेसम्म उनको वास्तविक हत्यारा पत्ता लागेको छैन । यो समाचार मोहन विष्टले नयाँ पत्रिकामा लेखेका छन् ।  छोरीको हत्यारा सार्वजनिक गर्न माग गर्दै झन्डै तीन महिनादेखि अनिचितकालीन धर्नामा बसेका निर्मलाका आमाबाबुले धर्न...

  • दाङ जिल्ला लाेडसेडिङ मुक्त घाेषण

    हापुरेमा रहेको १३२ केभि प्रसारण लाईनकाे उद्घाटन दाङ ll दाङकाे पञ्चकुलेमा रहेकाे १३२ केभि प्रसारण लाईनकाे अाज एक कार्यक्रमका बिच उदघाटन गरिएको छ । उर्जा मन्त्री बर्षमान पुनले एक समारोहबीच बबई गाउपालिका स्थित पञ्चकुलेमा रहेकाे कुसुम हापुरे प्रसारण लाईनकाे उदघाटन गर्नुभएको हाे । साे अबसरमा बाेल्दै उर्जा मन्त्री पुन...

  • बिएण्डसीले गरिदिने भयो ट्युमरको निशुल्क अप्रेसन

    बिर्तामोड : बाँके नरैनापुर गाउँपालिका – ६ दोन्द्राका मुलायम यादवको बायाँ गालामा भएको ट्युमरको निशुल्क अप्रेसन हुने भएको छ । झापाको बिर्तामोडमा रहेको बि एण्ड सी टिचिङ अस्पतालले यादवको निशुल्क अप्रेशन गरिदिने भएको हो । केहि दिन अघि सञ्चारमाध्यममा ‘टाउको जत्रै ट्युमर’ शिर्षकमा खर्च अभावमा उपचार नपाएका यादवको समाचार प्रकास...

  • बलात्कार कसुरमा छ वर्ष कैद

    ९ फागुन : हनुमाननगर कङ्कालिनी नगरपािलका–१ भारदहका एक व्यक्तिलाई बालिका बलात्कारको अभियोगमा छ वर्ष कैद सजायको फैसला सुनाइएको छ । जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलाशले १४ वर्षीया बालिका बलात्कार गरेको कसुरमा ६५ वर्षीय सिंहेश्वर पाण्डेलाई सो कैदसहित रु ३० हजार क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको अदालतक...

  • वडाध्यक्षले महिला पिटे

    रुकुम (पूर्व), ८ फागुन : जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका– ११ का वडाध्यक्ष जयकुमार बुढामगरले सोही वडा निवासी ४१ वर्षीया जयपुरा बुढामगरमाथि कुटपिट गर्नुभएको छ । निर्माणाधीन महिला भवनलाई पक्की बनाउने विषयमा विवाद हुँदा वडाध्यक्षले जयपुरालाई कुटपिट गरेको बताइएको छ । वडाध्यक्षले आफूमाथि मोटरसाइकलको हेल्मेट प्रहार गरे...

  • सुन किन्ने सोचमा हुनुहुन्छ ? एकछिन थाम्नुहोस …..

    काठमाडौं- सुनको भाउ छ बर्ष यताकै उच्च विन्दुमा पुगेको छ । बुधबार नेपाली बजारमा छापावाल सुनको भाउ प्रति तोलाको ६३ हजार तीन सय रुपैयाँमा कारोबार भएसंगै सुनको मूल्यले ५ बर्ष यताकै उच्च मुल्य को कर्तिमानी कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिरत्न शाक्यले बुधबार विगत पाँच वर्षकै यताकै महँग...

  • बाँदर समाउन भारतबाट आए शिकारी

    खोटाङ, ८ फागुन : भारतबाट झिकाइएका शिकारीद्वारा यहाँ बाँदर समात्न थालिएको छ । केही वर्षयता किसानले लगाएका अन्नबाली सखाप पारेर हैरान पार्न थालेपछि बाँदरलाई समातेर नजिकको राष्ट्रिय निकुञ्जमा पु¥याउन खोटाङमा ‘बाँदर समाऔँ अभियान’ थालिएको हो । बाँदर समात्न गत माघ २१ गते दिक्तेल आइपुगेका दुई भारतीय शिकारीले यही फागुन ३ गते आफ...

  • अब कोरिया जान सीप परीक्षा पास गर्नैपर्ने

    काठमाडौं- कोरिया सरकारले यस वर्षदेखि दक्षिण कोरिया कामदार लैजानका लागि सीप परीक्षा 'स्किल टेस्ट' समेत समावेश गर्ने तयारी गरिरहेको छ। सन् २०१९ देखि नेपाललगायत १६ वटै कोरियाले कामदार लैजाने देशमा एकैपटक 'पोइन्ट सिस्टम' लागू गर्ने तयारी गरिरहेको श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया ...

  • विद्यालय शिक्षकको मापदण्ड तोकियो, ५ वर्षभित्र याेग्यता पुर्‍याउनै पर्ने

    काठमाडौं । विद्यालयमा अध्यापन गराइरहेका शिक्षकहरुले अव योग्यता नपुगेको भए ५ वष योग्यता पु¥याउनुपर्ने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।  सरकारले तयार गरेको राष्ट्रिय शिक्षा ऐनको मस्यौदामा आधारभुत तहमा अध्यापन गराउन कम्तीमा स्नातक र माध्यमिक तहमा कम्तीमा स्नातकोत्तर तह हुनुपर्ने व...

  • मणिपुरबाट १७९ नेपालीको उद्धार

    ७ फागुन: मानव बेचबिखनको जोखिममा परेका १७९ नेपालीलाई माइती नेपालको पहलमा भारतको मणिपुरबाट उद्धार गरेर नेपाल फर्काइँदै छ । नेपालको विभिन्न जिल्लाबाट अवैध रुपमा इराक र संयुक्त राज्य इमिरेट्स (युएई) लैजाने क्रममा उनीहरुलाई मानव बेचबिखनमा संलग्न दलालले एक महीनाअघि भारतको उत्तरपूर्वी राज्य मणिपुरको राजधानी इम्फाल पु¥याएका...

  • भारतिय मिडियामा सल्कियो पशुपतीको “लुटन सके लुट”, अोली सरकारको आलोचना (भिडियो सहित)

    नयाँ कुरो नेपाली सामाजिक सञ्जालमा पछिल्लो समय सबैभन्दा चर्चाको विषय बनिरहेको पशुपती शर्माको गीतको प्रकरण यतिबेला भारतका चर्चित मिडियामा समेत पुगेको छ । भारतको दि हिन्दुस्तान टाइम्स लगायतका पत्रिकाले नेपाल सरकारले सोसल मिडिया बाट गीत लाई हटाउन बाध्य गराउदै नेपाली जनताको वाक स्वन्त्रता प्रती निरंकुशता लगाएको आशयको समा...

  • पशुपतिको ‘लुट्न सके लुट’ लाई लिएर राजनीतिकरण !

    काठमाडौँ । पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको गीत बहसले संसदमा पनि प्रवेश पाएको छ । योसँगै गीतमा अब राजनीति हाबी भएको छ । आज बसेको प्रतिनिधीसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबिच गीतका विषयमा चर्काे दोहोरी चल्यो । कांग्रेसका सांसद अमरेश कुमार सिंहले गीतमार्फत जनताको भावना बोलेको भन्दै गायक पशुपति शर्मालाई २५ ...

  • १७ बर्ष पछी पक्राउ परे जबरजस्ती करणी मुद्धाका फरार अभियुक्त

    पाँचथर जबरजस्ती करणी मुद्धाका फरार अभियुक्त १७ बर्ष पछी जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको छ ।  जिल्ला पाँचथर साबिक रबि गा.बि.स.वडा नं. ५ बस्ने रविन लम्साल बिरुद्ध मिति २०५५ साल असोज २९ गते जबरजस्ती करणीमुद्धमा जिल्ला अदालत पाँचथरले लम्साललाई दोसी ठहर्‍याई ९ महिना १४ दिन  कैद भुक्तान गरी तारेखमा छुट...

  • विवाह भन्दा खर्चिलो व्रतबन्ध !

    ६ फागुन ः मौलिक रीतिथिति र संस्कृतिमा धनी मानिएको नेपाली समाजमा सकी नसकी त्यस्ता परम्परा धान्नै पर्ने मान्यता छ । सुन्दा अचम्म लाग्न सक्छ कि पहरी जातिमा विवाह भन्दा पनि व्रतबन्ध खर्चिलो हुने गर्छ । परम्परा धान्ने नाममा कतिपयलाई ऋण नै खोज्नुपर्ने अवस्थामा पु¥याउँछ । धेरैले घरखेत बन्धकीमा राखेर परम्परा धानेका हुन्छन् । ...

  • नेपालमै यस्तो ठाउँ जहाँ दाजुभाइको अंशका रुपमा गाउँनै बाँडिन्छ

    सिरहा, ५ फागुन : दाजुभाइबीच अंशबन्डा गर्दा जग्गा, नगद, गहना, र जायजेथा बाँडफाँड गर्ने गरिन्छ । तर गाउँनै बाँडिएको सुन्दा अनौठो लाग्न सक्छ । ऐलानी जग्गामा बसोवास गर्दै आएका सिरहा लहान नगरपालिका–२३ गाढाका सुकुम्वासी दलित (डोम मेस्तर समुदाय ) उचित मरिकले छोरालाई अंश बन्डामा आफ्नो हिस्सामा रहेको गाउँनै बाँडेका छन् । ...

  • चौबीस मुटुरोगीलाई गङ्गालालमा रिफर

    ४ फागुन:  जाजरकोटमा मुटुरोगीको सङ्ख्या अत्यधिक देखिएको छ । जाजरकोट जिल्ला अस्पतालका मेडिकल अधिकृत भूपेन्द्रप्रकाश मल्लले हालै सञ्चालित एकदिने स्वास्थ्य शिविरमा आएका बिरामीमध्ये ४२ जनामा मुटुको समस्या देखिएकोे बताउनुभयो । सोे शिविरमा ८४२ जनाले मुटुको परीक्षण गराएका थिए भने ३ सय १० जनाले इको र ४५० जनाले इसिजी गराएका थ...

  • बनिसक्यो नेपालकै पहिलो भू–उपग्रह, वैशाख ४ गते प्रक्षेपण गरिँदै

    काठमाडौँ, फागुन ३ नेपालको पहिलो भू–उपग्रह तयार भएको छ । नेपाली–स्याट–१ नाम दिइएको भू–उपग्रह तयार भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले जानकारी दिए । शुक्रबार जापानस्थित क्यूसू इन्सिटिच्यूट आफ टेक्नोलोजी क्यूटेक विश्वविद्यालयमा पत्रकार सम्मेलन गर्दै भू–उपग्रह निर्मा...

  • फेसबुक र ट्वीटर बन्द गर्ने तयारीमा सरकार !

    फागुन ३ – पछिल्लो समय नेपालमा बढ्दो रुपमा प्रयोग भईरहेको सामाजिक सञ्जालको कारण अपराधिक गतिविधी बढेको , विभिन्न जातजाति , धर्म भाषाबीच एकता भड्काउने लगायत सामाजिक सञ्जालको दुरुप्रयोग बढेकोप्रति सरकार सजग बनेको छ । सोही कारण सामाजिक सञ्जालप्रति सरकार आक्रमक बन्ने भएको छ । यसैक्रममा सरकारले नेपालमा दर्ता नगरे वा कार्यालय ...

  • आगलागी हुँदा पाँच लाख बराबर क्षति

    तुलसीपुर, ३ फागुन : आज बिहान चट्याङ परेर आगलागी हँुदा रु पाँच लाख बराबरको क्षति हुनुका साथै एक घाइते भएका छन् । दाङको गढवा गाउँपालिका–७ विजयपुरस्थित बालाराम विकको फुसले छाएको दुईतले कच्ची घरमा एक्कासि चट्याङ परी आगलागी हुँदा विककी श्रीमती ७४ वर्षीय मोती विक आगोले जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ...

  • कञ्चनपुरमा १८ किलो अवैध सुन फेला परेकै दिन थप ५ किलो ६ सय ग्राम सुन बरामद

    हरिश चन्द्र बाग, कञ्चनपुर, ०३ फाल्गुन । कञ्चनपुरको पुनर्वासमा प्रहरीले १८ किलो सुन फेला पारेकै दिन शुक्लाफाँटाबाट पनि थप ५ किलो ६ सय ग्राम सुन बरामद गरेको छ । प्रहरी कै जवान सुरज तिरुवाले पुनर्वास नगरपालिका वडा नं. २ स्थित ससुरालीमा लुकाएर राखेको १८ किलो सुन बिहिबार प्रहरीले बरामद गरेको थियो भने गएराति कञ्चनपुरकै शुक्...

  • नौ करोडको सुन प्रहरी जवानको ससुरालीबाट बरामद

    महेन्द्रनगर – कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथबस्तीबाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र कैलालीका साथै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीकोे टोलीले उक्त परिमाणको सुन बरामद गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा मनोज भट्टले लेखेका हुन् ।...

  • बस दुर्घटना हुँदा ४ को ज्यान गयो

    रुकुम ०३, फाल्गुण नेपालगञ्जबाट रुकुमको आठबीसकोट राडी जाँदै गरेको बस जाजरकोटको भेरी नगरपालिका १ रिम्नाको रिङगाउटाेमा दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । मृत्युु हुने सबै पुरुष छन भे १ ख १३३९ नम्बरको बस साझ ७ बजे दुर्घटना भएको हो । मृतकको पहिचान नभएको र घाइतेहरुको उद्धार ...

  • ‘देखासिकी होइन नयाँ खोजीको व्यवसाय गर्नुस्’

    ३ फागुन  ः पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कुनै पनि व्यवसायको देखासिकी गरेरभन्दा पनि व्यवसायमा ‘इन्नोभेटिभ’ भएर अगाडि बढ्न सके त्यसबाट उचित प्रतिफल हासिल गर्न सकिने बताउनुभएको छ । पोखरा चेम्बर अफ कमर्श कास्कीद्वारा आज यहाँ आयोजित देशको समृद्धिमा निजी क्षेत्रको भूमिका विषयक अन्तरक...

  • अब सबै नेपाली जलविद्युतको शेयर धनी ! अोली सरकारको अर्को नयाँ काम

    काठमाडौँ, २ फागुन  ः सरकारले विभिन्न १९ वटा आयोजनामा लगानी गर्न नेपाली नागरिकलाई आह्वान गरेको छ । कूल रु सात खर्ब लागतको ती परियोजनामा नागरिकबाट रु एक खर्ब बराबरको लगानी जुटाउने लक्ष्य तय गरिएको छ । हरेक नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ सरकारले महत्वपूर्ण कार्यक्रम घोषणा गरेको हो । क...

  • यसरी खुल्यो पानीजहाज कार्यालय

    काठमाण्डाै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गर्नुभएको छ । आज बिहान आयोजित एक समारोहका बीच प्रधानमन्त्री ओलीले एकान्तकुनामा स्थापना गरिएको कार्यालय उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको निर्देशनमा कार्यालय स्थापना...

  • फेला पर्यो १८ किलो सुन, एक जना पक्राउ

    काठमाडौं । कञ्चनपुरको पुनर्वासबाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध महाशाखा, जिल्ला प्रहरी कार्यालय कैलाली र ईप्रका त्रिभुवन वस्तीबाट खटिएको संयुक्त टोलीले १८ किलो सुन बरामद गरेको बताइएको छ । पुनर्वास नगरपालिका–२ स्थित त्रिभुवन बस्तिको एक घरमा लुकाएर राखेको अवस्थामा करिब...