पशुपतिको ‘लुट्न सके लुट’ लाई लिएर राजनीतिकरण !

काठमाडौँ । पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको गीत बहसले संसदमा पनि प्रवेश पाएको छ । योसँगै गीतमा अब राजनीति हाबी भएको छ । आज बसेको प्रतिनिधीसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबिच गीतका विषयमा चर्काे दोहोरी चल्यो ।

कांग्रेसका सांसद अमरेश कुमार सिंहले गीतमार्फत जनताको भावना बोलेको भन्दै गायक पशुपति शर्मालाई २५ हजार पुरस्कार दिने घोषणा गरे । अमरेशको यस्तो घोषणाप्रति सत्तापक्षका सांसदले कडा आपत्ति जनाए ।

नेकपाका सांसद झपट रावलले सिंह आफैले उक्त गीत गाए आफूले दोब्बर पुरस्कार दिने चूनौती दिए । सांसदहरुको यो हदसम्मको दोहोरी संसदमै चलेपछि गीतमा राजनीति घुसेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

लोक गायक पशुपति शर्माको लुट्न सके लुट कान्छालाई लिएर लगातार एक दुइ दिन देखि सामाजिक सञ्जाल र सडकमा भैरहेको बिवादले अब संसदमा समेत प्रवेश पाएको छ । यो गीतको विषयलाई सांसदहरुले राजनितीकरणको प्रयास समेत गरेका छन् ।

आजको प्रतिनिधीसभा बैठकमा कांग्रेस सांसद अमरेशकुमार सिंहले जनताको गीत गाएको भन्दै गायक पशुपति शर्मालाई २५ हजार नगद दिने घोषणा नै गरे । पशुपतिले देशमा भयाबहरुपमा देखा परेको बेथिती र भ्रष्ट्राचारको गीत बनाएर गाउदा राजनैतिक दलका नेताहरुले यसलाई राजनितीकरण गर्ने प्रयास गरेका हुन् ।

काँग्रेस सांसद सिंहले २५ हजार दिने घोषणा गरेपछि सत्तारुढ दलका सांसद झपट रावलले उनलाई काउन्टर जवाफ दिँदै आफैँले गीत गाए दोब्बर पुरस्कार दिने चुनौती दिए । पशुपतिको गीतमा अभद्र शब्दहरु रहेको उनको दाबी छ ।

पशुपति शर्माले गाएको यो गीतलाई प्रतिपक्ष सांसदले जनताको गीत भनेका छन् भने सत्तारुढ दलका नेताले सरकारप्रतिको सुनियोजित आक्रमण भनेका छन् । गायक शर्माले कांग्रेसको खोल ओढेर गीत गाएको सत्तापक्षको आरोप छ ।

तर आफू अहिलेसम्म कुनै राजनीतिक दलमा आवद्ध नरहेको गायक शर्मा बताउँछन् । जनताका भावना जस्ताका त्यस्तै गीतमा समेटेको उनको दाबी छ । व्यङ्ग्यात्मक रुपमा रहेको पशुपति शर्माको गीतले मुलुकमा व्याप्त भ्रष्टाचार र घुसखोरीको व्यापक विरोध गरेको छ ।

स्वर्ग जस्तो देशमा लामो समयदेखि यमराज प्रवृत्तिका शाषकहरुले शासन गरेको भन्दै तिखो व्यङ्ग्य गरिएको छ । अब यस विषयलाई नेताहरुले राजनीतिक रंग दिएर विरोध र समर्थनको श्रङखला चलाउने कि शुसासन कायम गरेर देशको विकास गर्न ध्यान दिने ? आम नागरिक यहि प्रश्न गरिरहेका छन् ।  दिनेश न्याैपाने नेपाली रेडियो नेटवर्क

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार