नयाँ कुरो
नेपाली सामाजिक सञ्जालमा पछिल्लो समय सबैभन्दा चर्चाको विषय बनिरहेको पशुपती शर्माको गीतको प्रकरण यतिबेला भारतका चर्चित मिडियामा समेत पुगेको छ । भारतको दि हिन्दुस्तान टाइम्स लगायतका पत्रिकाले नेपाल सरकारले सोसल मिडिया बाट गीत लाई हटाउन बाध्य गराउदै नेपाली जनताको वाक स्वन्त्रता प्रती निरंकुशता लगाएको आशयको समाचार प्रकाशन गरेका हुन् ।
तथापी गायक पशुपती शर्माले सरकारी तवरबाट कुनै दवाव आएर आफुले हटाएको नभइ केही प्राविधिक त्रुटी हुन गएको भए या कसैको आत्मसम्मान मा ठेश पुगेको भए म त्यो प्रती माफी चाहन्छु भन्दै दर्शकको मायाँ र साथको लागी सम्मान ब्यक्त गरेका छन् । गायक शर्माको गीतमा रहेका “राष्ट्रपतीको हेलिकप्टर” प्रकरण, “यमराजको शासन”, “कार्यकर्ताको कुकुर प्रवृती” लगायतका शब्दहरु विवादमा परेका थिए । भारतिय मिडियाले समेत यो प्रकरणलाई स्थान दिएपछी पशुपती शर्माको “लुट न सके लुट” प्रकरण अन्तराष्ट्रिय मिडियामा समेत छाएको छ । यसलाई भारले समेत गम्भिर चासोको रुपमा हेरेको बुझिएको छ । भिडियोमा हेर्नुहोस भारतिय मिडियाले के लेखे त ?