रुकुम ०३, फाल्गुण

नेपालगञ्जबाट रुकुमको आठबीसकोट राडी जाँदै गरेको बस जाजरकोटको भेरी नगरपालिका १ रिम्नाको रिङगाउटाेमा दुर्घटना भएको छ ।

दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । मृत्युु हुने सबै पुरुष छन भे १ ख १३३९ नम्बरको बस साझ ७ बजे दुर्घटना भएको हो । मृतकको पहिचान नभएको र घाइतेहरुको उद्धार भइरहेको प्रहरीले जानकारी दिएको छ । बस सडकबाट करिब २ सय मिटर तल भेरीको किनारमा खसेको प्रहरीले जनाएको छ । मृतक र घाइतेको सनाखत हुन भने सकेको छैन । दुर्घटनाको कारण भने पत्ता नलागेको प्रहरीको भनाई छ । विस्तृत जानकारी आउन बाँकी रहेको बताइएको छ ।