
पाँचथर
जबरजस्ती करणी मुद्धाका फरार अभियुक्त १७ बर्ष पछी जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको छ । जिल्ला पाँचथर साबिक रबि गा.बि.स.वडा नं. ५ बस्ने रविन लम्साल बिरुद्ध मिति २०५५ साल असोज २९ गते जबरजस्ती करणीमुद्धमा जिल्ला अदालत पाँचथरले लम्साललाई दोसी ठहर्याई ९ महिना १४ दिन कैद भुक्तान गरी तारेखमा छुटेका थिए ।
मिति २०५८ साल मंसिर २० गते पुनराबेदन अदालत ईलामको फैसलाले २ बर्ष २ महिना १६ दिन कैद सजाय तोकेपछि उनि लामो समय फरार रहेका थिए । पाँचथर प्रहरीले फरार प्रतिबादीहरुको खोजी कार्यालाई तिब्रता दिने क्रममा गाउघरमै लिकिछिपी बसेको अवस्थामा मिति २०७५ साल फागुन ५ गते पक्राउ गरी पाँचथर अदालतमा पेस गर्दा सोहि दिन ठेगिएको कैद भुक्तानको लागी कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।