
पाँचथर ।। जिल्लाको उत्तरी याङवरक गाँउपालीकाको च्याङथापुमा रहेको सीमा प्रसासन कार्यालयमा बोर्ड र झन्डा मात्र रहेको छ ।
सिमा क्षेत्रबाट धेरै टाढा भए पनि कार्यालय चाँही खुलेको छ तर यहाँ कार्यालय सहयोगी मात्र छन् । बाकी कर्मचारीको दरबन्दी भए पनि यहाँ बस्ने गरेको छैनन । कार्यालयका लागि ८ जना कार्मचारीको दरबन्दी रहेको भए पनि अहिले यहाँ एकजना मात्रै कर्मचारी छन् । कर्मचारी नभएपछि अन्य काम हुदैन दैनिक कार्यालय खोल्ने र बन्द गर्ने मात्रै काम भइरहेको छ । त्यती कामका लागि सरकारले घर भाडामा लिएर सञ्चाल गर्दै आएको छ ।
अर्काे तर्फ भारतकाे सिमामा भने हात हतियारले सु सज्जित भारतिय सिमा सुरक्छ्या बल बसेकाे छ । च्याङथापु भारतको सिक्किम प्रवेशका लागि मुख्य नाका हो । भारतको सिक्किम प्रबेसका लागि पास उपलब्ध गराउने काम सिमा प्रहरी चौकीको जिम्मा लगाइएको छ, त्यो काम सिमाप्रसासन कार्यालयको हो । कर्मचारी नबस्ने कारण प्रहरीलाई जिम्मा लगाइएको हो ।
सिमा प्रसासनमा एक अधिकृत सहित ८ जनाको दरबन्दी हो । तर कार्यालयका लागि आउने कर्मचारी कार्यालयमा नै नपुगी काज मिलाएर सुबिधा सम्पन्न क्षेत्रमा जाने गरेको प्रसासन स्रोतले बताएको छ । च्याङथापुमा सीमा प्रसासन कार्यालयले नियमित कार्य संपादन गर्ने हो भने हालको याङवरक गाउँपालिकाको वडा नम्बर १, २ र ३ सहित आसपासका नागरिकले नागरिकता लगायतका कामका लागि सदरमुकाम सम्म धाउनु पर्ने बाध्यता हट्ने थियाे याङवरक गाउँपालपका वडा नम्बर १ का अध्यक्ष मोहन ढुङ्गेलले भने–स्थानीय तहमा रहेका बजारको अनुगमन, सिमा सुरक्षाको बिषय समेत समाधान हुने अपेक्षा गरिएको छ ।तर स्थानियको यो अपेक्षा पुरा हुन नसकेको बर्षौ भयो । प्रसासनको नियमित कामका लागि स्थानीयले अझै कति पर्खनु पर्ने हो त्यो भने हेर्न बाँकी छ । अर्काे तर्फ भारतकाे सिमा सुरक्षा मा अधिकृत सहितकाे ठुलाे फौज बसेका कारण यहाँका सर्बसाधारण मनाेवैग्यानिक त्रासमा बस्न बाध्य छन् ।
नेपाल तर्फकाे कार्यालयमा एक जना सहयोगी छन , उनले कार्यालय समयमा ढोका खोल्ने र बन्द गर्ने बाहेक गएको १५ बर्ष देखी त्यहाँबाट केही काम भएको छैन । द्धन्दकालमा बिस्थापनमा परेको कार्यालय २०६१ पछि पुन स्थापित गरिएको भए पनि त्यो नाममै मात्रै सिमित छ । सन्देश खवासले कार्यालय सहयोगिका रुपमा काम गरेको १५ बर् भइसक्यो, उनले कार्यालय खोल्ने र बन्द गर्नेबाहेक अरूकेही काम गरेका छैनन् ।
सीमा प्रसासन कार्यालयका लागि खटाइएका एक जना कार्यालय सहयोगी र एक जना कम्प्युटर अपरेटर अहिले जिल्ला प्रसासन कार्यालयमा छन, उनीहरु पनि त्यहा पुगेका छैनन ।अफिसर नभएका कारण उनीहरुको पनि त्यहाँ गएर काम भएन । जिल्ला प्रसासन कार्यालका सुचना अधिकारी दिननाथ लम्सालले भने– कम्प्युटर अपरेटर अरुण ठाकुर र अर्का एकजना कार्यालय सहयोगी अहिले पनि जिल्ला प्रसासनमा कार्यरत छन । त्यहा पुग्ने कुनै पनि उच्च पदस्थ ब्यक्तिहरुलाई स्थानीयले सीमा प्रसासनमा कर्मचारी नभएका बिषयमा जानकारी गराउँदै आएका छन । तर काम भने हालसम्म भएको छैन ।
पछिल्लो पटक पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका नेता डाक्टर बाबुराम भटराइलाइ समेत समस्याका बारेमा स्थानीयले जानकारी गराएका छन । केही दिन अघि मात्रै १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबो मौसमलाई सीमा प्रसासनका बिषयमा जानकारी गराइएको छ .।
“याङवरक गाउँपालिकाको तर्फबाट सीमा प्रसासनको नियमित कार्य सञ्चालन सहितका बिषयमा जानकारी गराएका छौ ” गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेले भने–प्रदेश तहबाट समस्याको समाधान खोज्ने आस्वासन अर्थ मन्त्रीबाट आएको छ ।