काठमाण्डौ ।। वीर अस्पतालमा निर्माणाधीन सर्जिकल भवनको लिफ्ट चुडिँदा दुई जना कामदारको मृत्यु भएको छ । घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।

अस्पतालका निर्देशक डा. किरण श्रेष्ठका अनुसार नयाँ भवनमा सामान लोड गरी झार्ने क्रममा लिफ्ट चुडिएको हो । मृत्यु हुनेमा सप्तरीका नवीन चौधरी र भूमिकुमार चौधरी रहेको अस्पतालले जनाएको छ । बिहीबार साँझ सामान झार्ने क्रममा लिफ्ट चुडिँएको हो । घटनाकाे छानबिन गर्न प्राविधिक टोली बाेलाएर अनुसन्धान प्रारम्भ भैसकेको अस्पताल  श्रोतले जानकारी दिएको छ ।