सोमवार, मंसिर १७ २०८१।। प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गर्दै हुनुहुन्छ । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले चीनको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो । उहाँ यहि २० गते स्व्देश फर्किने कार्यतालिका रहेको छ । भ्रमणका क्रममा प्रधानमन्त...
अन्तराष्ट्रिय कुरो
-
-
आज परराष्ट्रमन्त्री आरजु राणा चीन जाँदै
बिहिवार, मंसिर १३ ।। परराष्ट्रमन्त्री आरजु राणा आज चीन जानुहुने भएको छ । मन्त्री राणा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आजदेखि चीनको औपचारिक भ्रमणमा जाने हुनु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ गतेदेखि गर्न लाग्नुभएको चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा आज चीन जान लाग्...
-
भारतको ओडिशामा रेल दुर्घटना हुँदा २ सय ३३ जनाको मृत्यु
भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सय ३३ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो । त्यसपछि रेलको केही बग्गी लिकबाट पल्टिएका थिए । आडिशाका मुख्यसचिव प्रदीप जेनाका अनुसार दुर्घटनामा २ सय ३३ जनाको मृत्...
-
ओमानमा बन्धक बनाइएकी महिला तेस्रो तलाबाट हामफालेर नेपाल फर्किइन्
ओमानमा करिब दुई महिनादेखि बन्धक बनाइएकी चितवनकी ४८ वर्षीया महिला सारी सहयोगले तेस्रो तलाबाट भाग्न सफल भएकी छिन् । उनको भाग्ने क्रममा खुट्टा भाँचिएको थियो भने अन्य शरीरका भागमा पनि चोटपटक लागेको थियो । उनी फागुनमा ओमान पुगेकी थिइन् । ओमान पुगेको केही दिनमै एजेन्टले उनीसँग भएको कागजातसहित मोबाइल पनि खोसिदियो र एउ...
-
तातोपानी नाका वैशाख १८ देखि सञ्चालनमा ल्याउने सहमति
सिन्धुपाल्चोकस्थित नेपाल–चीन जोड्ने तातोपानी नाका वैशाख १८ देखि सञ्चालनमा ल्याउने सहमति भएको छ। चीन र नेपालका सुरक्षा निकायबीच भएको द्विपक्षीय बैठकले नाका खोल्ने विषयमा सहमति गरेको हो। सिन्धुपाल्चोकका डीएसपी रामकुमार यादवले बैठकमा तातोपानी नाका नियमित सञ्चालन, सीमा सुरक्षा तथा कोरोना संक्रमण एवं सुरक्षाको विषयमा छलफ...
-
रुसले युक्रेनका भौतिक संरचनामा पुनः आक्रमण गर्दा ७ जनाको मृत्यु, दर्जनौं घाइते
उर्जा तथा औद्योगिक क्षेत्रमा व्यापक क्षति रुसले युक्रेनी भौतिक पूर्वधारहरुमा फेरी भीषण हवाई हमला गरेको छ । हवाई हमलाका कारण युक्रेनी ऊर्जा संरचना, आवासीय भवन र औद्योगिक केन्द्रमा व्यापक रुपमा क्षति पुगेको हो । युक्रेनी अधिकारीहरूका अनुसार मानवरहित विमान र क्षेप्यास्त्र आक्रमणमा परी ७ जना मानिसको मृत्यु भएको छ । ...
-
कुवेतमा अलपत्र ७ नेपालीको उद्धार
वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ । नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ । अलपत्र परेका उनीहरुलाई धर्म ओभरसिज प्रालि र सञ्चारकर्मी जीवन शर्माको पहलमा गए राति स्वद...
-
उत्तर कोरियाबाट जापानतर्फ क्षेप्यास्त्र प्रहार, प्रहारपछि जापानमा कोलाहल
उत्तर कोरियाले आज बिहीबार जापानतर्फ लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेपछि उत्तरी जापानमा कोलाहल मच्चिएको छ । एकाबिहानै जापानतर्फ लक्षित गर्दै अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएपछि जापान सरकारले उत्तरी र मध्य क्षेत्रका बासिन्दालाई ठाउँ छाड्ने चेतावनी जारी गर्नुपरेको छ । बुधबार दक्षिण कोरियाली सम...
-
अर्थमन्त्री शर्मा र विश्व बैंकका उपाध्यक्ष मार्टिनबीच भेटघाट
अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंकसँग हिमालय क्षेत्रको संरक्षण, ग्रामीण क्षेत्रको आर्थिक पुनरुत्थान र नदी क्षेत्रको हरित करिडोरको लागि विश्व बैंकले तय गरेका विभिन्न कार्यक्रममा नेपाललाई पनि प्राथमिकतामा राख्न अनुरोध गर्नुभएको छ । बिहीबार विश्व बैंकका दक्षिण एशियाली क्षेत्रका उपाध्यक्ष मार्टिन रेइजरसँग वाशिङ्गटन डि...
-
एक नेपाली युवतीले फ्रान्समा गरिन् आत्महत्या
फ्रान्स बस्दै आएकी एक नेपाली युवतीले आत्महत्या गरेकी छिन् । फ्रान्सको लाकुर्नोभ सहरमा बस्दै आएकी सर्लाहीकी २५ वर्षीय सानुमाया श्रेष्ठले आत्महत्या गरेकी हुन् । फ्रान्समा बस्दै आएका दिपक चालिसेका अनुसार उनले एक हप्ता अघि आफू बस्ने स्थान नजिकैको सल्लाको रूखमा झुन्डिएर आत्महत्या गरेकी हुन् । उनले फ्रान्समै बस्न शरणार...
-
राष्ट्रपति भण्डारी र लीबीच आज भेटवार्ता हुँदै
नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले आज बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुहुने भएको छ । मंगलबार अपरान्ह ली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा अध्यक्ष लीले कोभिडकै कारण नाका नियमित हुन नसकेको भन्दै नेपालमा आईरहे...
-
बेलायती महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन
बेलायती महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ । महारानी एलिजाबेथ द्वितीयाको निधन स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएको बकिङ्गम प्यालेसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिनुभएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्र अध्यक्ष हुनुहुन्छ ।...
-
इक्वेडरको जेलमा हिंसा भड्किदा १३ जनाको मृत्यु
इक्वेडरको एक जेलमा परस्पर विरोधी गिरोहबीच भएको झडपमा कम्तिमा १३ कैदीको मृत्यु भएको छ । झडपमा दुई जना कैदी घाइते भएका अधिकारीले बताएका छन् । सान्तो डोमिंगो सहरको एउटा कारागारमा भएको झडपमा ४४ जना कैदीको मृत्यु भएको दुई महिनापछि पछिल्लो लडाइँ सुरु भएको हो । अधिकारीले बेल्लाभिस्टा कारागारलाई पूर्ण नियन्त्रणमा लिएको ज...
-
दक्षिण कोरियामा कोरोना संक्रमण बढ्यो
दक्षिण कोरियामा बितेका २४ घण्टामा ७६ हजार चारसय दुईजना कोभिड–१९ बाट संक्रमित भएका छन्। यो सँगै देशमा कोरोना संक्रमितको सङ्ख्या एक करोड ८९ लाख ३७ हजार नौसय ७१ पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। कोरिया डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन एजेन्सीका अनुसार अघिल्लो दिन ७३ हजार पाँचसय ८२ संक्रमित फेला परेका थिए। गम्...
-
चार देशका लागि दक्षिण कोरियाद्वारा नयाँ राजदूत नियुक्त
दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले चीन, जापान, रुस र संयुक्त राष्ट्रसंघका लागि नयाँ राजदूत नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले मङ्गलबार जनाएको छ । सियोल नेशनल युनिभर्सिटीका प्रोफेसर चुंग जे–होलाई चीनको लागि दक्षिण कोरियाली राजदूतको रूपमा नियुक्त गरिएको हो । सन् १९९३ मा युनिभर्सिटी अफ मिशिगनबाट विद्याव...
-
कोरोना बढ्न थालेपछि चीनको संघाईमा लकडाउन
शून्य कोभिड नीतिलाई निरन्तरता दिँदै चीनको वित्तीय केन्द्र साङ्घाईमा लकडाउनको घोषणा गरिएको छ । २ करोड ६० लाख जनसङ्ख्याको बसोबास रहेको संघाईमा व्यापक कोरोना परीक्षण गर्न भन्दै लकडाउनको घोषणा गरिएको हो । मुलुकभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएका कारण लकडाउन गरिएको चिनियाँ अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय...
-
चीनबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो
चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ । तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताए । शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो । भन्सार विभागबाट आज रिपोर्ट...
-
युरोपमा पुनः कोरोना संक्रमण बढ्दो
युरोपमा पुनः कोरोना संक्रमण बढ्न थालेको छ । जर्मनी, फ्रान्स, इटाली, बेलायतलगायत देशहरूले कोभिड–१९ विरुद्धको प्रतिबन्धात्मक उपायहरू एक्कासि हटाएपछि सङ्क्रमण पुनः बढेको पाइएको समाचारहरुमा उल्लेख छ । विश्व स्वास्थ्य संगठनले मंगलबार पत्रकार सम्मेलन गर्दै युरोपमा पुनः कोभिड संक्रमणका घटना बढेको जनाएको हो । मोल्डोभामा ...
-
युक्रेन–रुस युद्धः रुसी सेनाको घेराबन्दीमा रहेको मारिओपोल पुगेका अन्तर्राष्ट्रिय पत्रकारहरूले जे देखे
रुसी फौजको नियन्त्रणमा रहेको मारिओपोलका केही भूभागमा पहिलो पटक अन्तर्राष्ट्रिय पत्रकारहरू पुगेका छन्। रोयटर्स समाचारसंस्थाले त्यहाँ प्रलयकारी अवस्था देखिएको भन्दै आवासीय भवनहरू अपार्टमेन्ट ब्लकहरू जम्मै जलेर काला भएका उल्लेख गरेको छ। कैयौँ दिनसम्म भूमिगत आश्रय लिएर ज्यान जोगाएका परिवारहरू बाहिर निस्कँदै गरेको र श...
-
रोजगारीको प्रलोभनमा यूएई पठाउनेलाई कारबाही गर्छाै: मन्त्री श्रेष्ठ
संयुक्त अरब इमिरेट्स युएई भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मंगलबार आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग छलफल गरेका छन् । कार्यक्रममा मन्त्री श्रेष्ठले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन दिने र रोजगारीको प्रलोभनमा नेपालीलाई यूएई ल्याउनेलाई...
-
रुसले मारियुपोल अस्पताल कब्जा गर्दै ४ सय जना बन्धक बनाएको युक्रेनको दाबी
रुस–युक्रेन युद्धको आज २१ औं दिन हो । रुसले युक्रेनी सहरका नागरिक क्षेत्रमा लगातार बमबारी गरिरहेको छ । आक्रमणमा फसेका भारतीयहरूलाई रुसी सहरबाट पनि फिर्ता ल्याइएको छ । खेरसनमा फसेका ३ जना भारतीयलाई सिम्फेरोपोल र मस्को हुँदै बाहिर निकालिएको थियो । यहाँ, रूसले मारिउपोलको सबैभन्दा ठूलो अस्पताल कब्जा गरेको छ । त्यहाँ...
-
रुसी आक्रमणबाट बच्न ६ लाख ६० हजार युक्रेनीले देश छाडे
एजेन्सी– युक्रेनमा जारी रुसी आक्रमणबाट बच्न ६ लाख ६० हजारभन्दा बढी नागरिकले देश छाडेका छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय यूएनएचसीआरकी प्रवक्ता साबिया मन्टूले रुसी आक्रमण सुरु भएयता महिला बालबालिकासहित ६ लाख ६० हजार युक्रेनीले देश छाडेर छिमेकी मुलुकमा शरण लिएको जानकारी दिएकी हुन् । उनका अनु...
-
एमसीसी पास हुनेमा अमेरिका सकारात्मक, सर्वदलीय बैठकको तयारी
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० अनुमोदन गर्न नेपाल सरकारले प्रतिबद्धता व्यक्त गरेको एमसीसी बोर्ड बैठकले जनाएको छ। १४ डिसेम्बर ९२८ मंसिर०को एमसीसी बोर्ड बैठकपछि अमेरिकाको वासिङटन डिसीबाट बुधबार जारी विज्ञप्तिअनुसार एमसीसीअन्तर्गतको ५० करोड अमेरिकी डलर अनुदान सहयोग अनुमोदन हुनेमा विश्वस्...
-
अमेरिकामा पनि भेटियो नयाँ भेरियन्ट ओमिक्रोन
एजेन्सी। पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ । अमेरिकाको क्यालिफोर्नियामा ओमिक्रोन भेरियन्टका एक संक्रमित फेला परेको हो । उनको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि युनिभर्सीटी अफ क्यालिफोर्नियामा थप परीक्षण गरिएको थियो । उनी यही नोभेम्बर २२ मा दक्षिण...
-
नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकाले थाल्यो तयारी
अफ्रिकी मुलुकमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तयारी थालेको छ । गृह मन्त्तालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अफ्रिकी मुलुकमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तीव्र तयारी थालेको बताए। प्रवक्ता पोखरेलले नेपालमा कोरोना संक्रमण कायमै रहेकाले र हालै देखिएको ...
-
साउदी अरेबियामा दुर्घटनामा परी नेपालीको मृत्यु
सडक दुर्घटनामा साउदी अरबमा एक नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप नगरपालिका – २ देउरालीका युबराज क्याप्छकी मगर रहेको बताईएको छ । साउदीको मदिनाको अलियामा ड्युटी जाने क्रममा सडक पार गर्न लाग्दा गाडीको ठक्करबाट घटनास्थलमै मृत्यु भएको मृतकका दाजु मनहरी क्याप्छकी मगरले जानकारी दिए । दाजुका अनुसार उनी व...
-
सवारी दुर्घटनामा १२ को मृ*त्यु
बोलिभियाको लापाजमा सावरी दुर्घटनामा परी कम्तीमा पनि १२ जनाको मृत्यु भएको छ । सडकमा गुडिरहेका दुई सवारी साधन आपसमा ठोक्किँदा यो दुर्घटनामा भएको बताइएको छ । बोलिभियाको लापाजनजिकैको हाउनी नगरको सडकमा सो दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परी ज्यान जानेमा यहाँको खानीमा काम गर्ने मजदुरका तीन जना नेता पनि परेका छन् । मज...
-
जापानमा ६.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प, २० जना घाइते
जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार बिहीबार राति १०ः४१ मा टोकियोमा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु राजधानी टोकियोको पूर्वमा रहेको चिबा प्रान्तमा रहेको जनाइएको छ । भूकम्पमा परि २० भन्दा बढी मानिसहरु घाइते भएको द जापान टाइम्सले जनाएको छ । भूक...
-
चिनियाँ र अमेरिकी राष्ट्रपतिबीच फोन वार्ता
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच टेलिफोन वार्ता भएको एएफपी समाचार समितिले शुक्रबार जानकारी दिएको छ । उनीबीचमा सात महिनापछि बिहीबार कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ । बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएदेखि उनीहरूबीच यो दोस्रो पटक वार्ता भएको हो ।...
-
हालसम्म अफगानिस्तानबाट ८५७ जना नेपालीको उद्धार
अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको जनाउँदै सरकारले त्यहाँबाट उद्धार गरिएका १० जना विहीबार यहाँ आइपुगेका बताएको छ । काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुलमा रहेका सबैसँग सरकार न...
- 1
- 2
- 3
- …
- 6
- Next Page »