युरोपमा पुनः कोरोना संक्रमण बढ्दो

युरोपमा पुनः कोरोना संक्रमण बढ्न थालेको छ ।

जर्मनी, फ्रान्स, इटाली, बेलायतलगायत देशहरूले कोभिड–१९ विरुद्धको प्रतिबन्धात्मक उपायहरू एक्कासि हटाएपछि सङ्क्रमण पुनः बढेको पाइएको समाचारहरुमा उल्लेख छ । विश्व स्वास्थ्य संगठनले मंगलबार पत्रकार सम्मेलन गर्दै युरोपमा पुनः कोभिड संक्रमणका घटना बढेको जनाएको हो ।

मोल्डोभामा आयोजित पत्रकार सम्मेलनमा डब्ल्युएचओ युरोपका निर्देशक हान्स क्लुगेले युरोपमा महामारीको बढे पनि नियन्त्रण गर्न सकिने आशा रहेको बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार