उत्तर कोरियाले आज बिहीबार जापानतर्फ लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेपछि उत्तरी जापानमा कोलाहल मच्चिएको छ ।
एकाबिहानै जापानतर्फ लक्षित गर्दै अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएपछि जापान सरकारले उत्तरी र मध्य क्षेत्रका बासिन्दालाई ठाउँ छाड्ने चेतावनी जारी गर्नुपरेको छ ।
बुधबार दक्षिण कोरियाली समुद्री सिमाना भित्र पर्ने गरी दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेको उत्तर कोरियाले बिहीबार जापानतर्फ लक्षित गरी दर्जन बढी क्षेप्यास्त्र हानेको हो ।
सुरूमा चेतावनी जारी गर्दा क्षेप्यास्त्र जापानमाथि आईरहेको बताइए पनि पछि त्यसलाई सच्याइएको थियो ।
जापानी प्रधानमन्त्री फुमियो किसिदाको कार्यालयले मियागी, यामागाता र निगाता प्रान्तका वासिन्दालाई बलियाखाले घरभित्र वा भूमिगत संरचनामा जान सुझाव दिएको थियो । ती क्षेत्रमा बुलेट रेलहरु पनि केही समय रोकिएका थिए ।
जापानी प्रधानमन्त्री किसिदाले उत्तर कोरियाको ब्यवहार असैह्य रहेको भन्दै त्यसलाई त्यत्तिकै छाड्न नसकिने बताउनुभएको छ । एजेन्सी