नेपाल समाजवादी पार्टीका नेताहरु माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न तयार भएका छन् । दुई दलका शीर्ष नेताहरुबीच गठबन्धन बनाउन लगातार छलफल भइरहेको छ । आइतबार बिहान पनि माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भेटवार्ता भएको छ । ...
राजनीतिको कुरो
-
-
निर्वाचनको मिति घोषणा भएसँगै दलहरु उत्साहित
सरकारले आगामी मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने घोषणा गरेपछि राजनीतिक दलहरू उत्साहित भएका छन्। निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले मङ्सिर ४ गते एके चरणमा संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गरेको हो। निर्वाचनको मिति घोषणासँगै सत्तारुढ दलको ध्यान सिट बाँडफाँटतर्फ गएको छ भने प्रमुख प्...
-
मंसिर ४ मा चुनाव हुने, ५ लाख नयाँ मतदाता थपिने
मंसिरमा हुने संघीय र प्रदेश सभा चुनावमा ५ लाख नयाँ मतदाता थपिने भएका छन् । गत वैशाखमा भएको स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता थिए । त्यसमा अब करिब ५ लाख नयाँ थपिने छन् । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार, असार १ गतेदेखि सुरु भएको मतदाता नामावली संकलनमा करिव साढे ४ लाख जनाले नाम दर्ता गरेका छन् ।...
-
एमाले सांसद भट्टराईको आरोप– सरकारले जनस्वास्थ्यमा चासो दिएन
नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकारले जनस्वास्थ्यमा चासो नदिएको आरोप लगाएका छन् । मंगलवार प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन् । अमेरिका, बेलायत लगायतका विकसित देशमा पनि मंकीपग्स फैलिरहँदा पनि सरकारले यसबारे नागरिकलाई सुसूचित गर्न चासो नदेखाएको उनको आरोप छ । जनस्वास्थ्यको कुरामा सरकार निद्राको अवस...
-
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति चाँडै घोषणा हुन्छ: प्रधानमन्त्री देउवा
नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनको मिति चाँडै नै घोषणा गरिने जानकारी दिएका छन् । नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको आज हेटौँडामा उद्घाटन गर्दै उनले सरकारले आम निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको बताए । प्रधानमन्त्री देउवाले भने, “...
-
नयाँ पार्टीका लागि अध्यक्षको खोजीमा बाबुराम
जनता समाजवादी पार्टी नेपाल (जसपा)को कारवाहीमा परेका डा.बाबुराम भट्टराई नयाँ पार्टी गठनको गृहकार्य सूरु गर्नुभएको छ । डा.भट्टराईले सो पार्टीको अध्यक्ष बन्न अनिच्छा व्यक्त गरेसँगै कसलाई अध्यक्ष बनाउने भन्नेमा अन्योल देखिएको छ । नयाँ पार्टीमा डा.भट्टराईले कार्यकारी भूमिकामा नरहने प्रस्ट पारिसक्नुभएको छ । जसपामा जुन भूम...
-
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । आजको बैठकमा हिजो बोल्न बाँकी सदस्यहरुले आफ्नो धारणा राख्ने काँग्रेस प्रवक्ता प्रकाशशरण महतले बताउनुभयो । हिजोको बैठकमा सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारण सम्बन्धि मस्यौदा छलफलका...
-
कांग्रेसको पदाधिकारी बैठक बस्दै
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । सोमबार बस्ने केन्द्रीय कार्यसमितिका एजेण्डा तय गर्न पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे पदाधिकारी बैठक बस्न लागेको हो । केन्द्रीय समिति बैठकका एजेण्डामा सहमति जुटाउन पदाधिकारी बैठक बस्न लागेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिनुभयो । काँग्रेसले केन्द...
-
बाहिरको संसारमा पखेटा फिँजाउन चितवनले सिकाएको भन्दै रविको पहिलो भेला आज
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवन जिल्ला भेला गर्दैछ । चितवनको हाकिम चोकस्थित मिड टाउन रिसोर्टमा दिउँसो १२ बजे रास्वपाले जिल्ला भेला गर्न लागेको हो । रास्वपाका सभापति रवि लामिछानेले चितवनलाई आधार क्षेत्र बनाएर पहिलो जिल्ला भेला गर्न लागेको देखिन्छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका लागि दुरुत...
-
यस्तो छ बालेन शाहको मतकाे नयाँ अपडेट
काठमाडौं महानगरपालिकाका मेयरका पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ४० हजार मत कटाउँदै अग्रस्थानमा कायमै छन् । हालसम्मको मत परिणाम अनुसार शाहले कुल ४० हजार ६ सय ६१ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार ३ सय २७ मत ल्याएर दोस्रो स्थानमा छिन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २२...
-
भरतपुर अपटेड: यस्तो छ माओवादी र एमालेको ताजा मत परिणाम
चितवनको भरतपुर महानगरपालिकामा अहिलेसम्म ९२ हजार १२८ मतगणना गरिएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत मतगणना जारी छ । परिणामअनुसार प्रमुख पदमा पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की उमेदवार रेनु दाहालले ७ हजार ८५४ मतान्तरले अग्रता लिएकी छन् । उनले ३६ हजार २७२ मत प्राप्त गरेकी छन् । नेकपा (एमाले)का उमेदव...
-
महिला प्रमुख लमजुङ पालिकामा नेतृत्वविहीन
लमजुङका आठ स्थानीय तहका प्रमुखमा सबै पुरुष नेतृत्व निर्वाचित भएका छन् । ४ नगरपालिका र ४ गाउँपालिका रहेको लमजुङमा उपप्रमुख तथा उपाध्यक्षमा भने ५ जना महिला निर्वाचित भएका छन् । जिल्लामा पालिका प्रमुखका लागि राजनीतिक दलले एक मात्र महिला उम्मेदवार अघि सारेको थियो । जिल्ला सदरमुकाम रहेको बेसीशहर नगरपालिका प्रमुखका लागि म...
-
पहिलो महिला मेयर एमालेको विरासत भत्काउदै निर्वाचित बनिन् लामा
हेटौंडा उपमहानगरपालिकाको पहिलो महिला मेयरको रुपमा मीना कुमारी लामा निर्वाचित हुनु भएको छ । सत्तारुढ गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार बनेकी नेकपा एकिकृत समाजवादीकी लामा हेटौंडाको पहिलो महिला मेयरको रुपमा निर्वाचित भएकी हुन्। लामाले आफ्नो निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अनन्त पौडेललाइ २ हजार एकसय ५८ मतले पराजित गर...
-
शिल तोडिएको मतपेटिका भेटिएपछि बुटवलमा राेकियाे गणना
बुटवल उपमहानगरपालिका वडा नं ११ को मत गणनाका क्रममा बाक्सा पहिले खोलिएको र शिलबन्दी कपडाभित्र स्वस्तिक छाप भेटिएपछि मतगणना रोकिएको छ । च बुथको दोस्रो बाक्साको ४१३५३८ को बाक्सा लक तोडिएको अवस्थामा भेटिएको र बाक्सा शिलबन्दी गरेको कपडामा स्वस्तिक छाप भेटिएकोले रहस्यमय भएको नेकपा एमालेको सो वडाका अध्यक्ष दिननाथ भट्टराईले...
-
भरतपुरका वडाहरुमा माओवादीका सबै उम्मेदवार पराजित
भरतपुरमा नेकपा माओवादी केन्द्र मेयर पदकी उम्मेदवार रेनु दाहलले मतान्तर बढाउँदै लगेतापनि वडाहरुमा भने माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन् । माओवादी केन्द्रले वडा सदस्य पनि जित्न सकेको छैन् । ८ वटा वडामा माओवादीले १० जना वडा सदस्यका उम्मेदवार उठाएको थियो । तर, उनीहरु कसैले पनि जित्न सकेनन् । हालसम्म प्र...
-
भरतपुरमा रेनुकाे अग्रता, विजय फराकिलो मत अन्तरले पछाडि
चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले ११ सयको अग्रता लिएकी छन्। पछिल्लो मत गणनाअनुसार माओवादी केन्द्रकी दाहालले एमालेका उम्मेदवार विजय सुवेदीलाई फराकिलो मत अन्तरले पछाडि पारेकी हुन्। रेनुले ९ हजार ४ सय ५ मत ल्याएकी छन् भने एमालेका सुवेदीले ८ हजार ३७ पाएका छन्। स्वतन्त्र उम्मेदवार जग...
-
काठमाडौं अपटेड: बालेनको अग्रता कायमै, यस्तो छ मतपरिणाम
काठमाडौं महानगरपालिकामा बालेन्द्र साह (बालेन)ले अग्रता कायम राखेका छन् । पछिल्लो मतगणनाअनुसार स्वतन्त्र उमेदवार बालेन्द्र साहले १४ हजार ४४५ मत प्राप्त गरेका छन् भने एमालेका केशव स्थापितले ७८५२ मत प्राप्त गरेका छन् । त्यसैगरी कांग्रेसकी सिर्जना सिंहले ६९०० मत प्राप्त गरेकी छन् ।...
-
रफ्तारमा जादै रेनुको मतान्तर, यस्तो छ ताजा मतपरिणाम
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अहिले अग्रता लिएकी छन् । नेकपा एमालेका विजय सुवेदी भन्दा २ सय २६ मतले रेनुले अग्रता लिएकी छन् । १९ हजार ७ सय ८८ मत गणना हुँदा रेनुले ६ हजार ६ सय ७८ मत ल्याएकी छन् । एमालेका सुवेदीले ६ हजार ४ सय ५२ मत प्राप्त गरेका छन् । उपमेयरमा नेपाली क...
-
नेपाल युगान्डा दोस्रो खेल खेल्दै
पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय शृंखला खेलेको नेपाल दोस्रो खेलमा युगान्डाबिरुद्ध आज खेल्दैछ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा उत्रदै गर्दा नेपाल शृंखला १–१ को स्थितिमा झार्न चाहन्छ । रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाल पहिलो खेलमा युगान्डासंग १२ रनले पराजित भएको थियो । सीता राना मगरको अनुपस्थितिमा बल...
-
काठमाडौं महानगरपालिकाको ताजा मत परिणाम
काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन शाह सर्वाधिक मतका साथ अग्रस्थानमा कायमै छन् । आज बिहानको ताजा मत परिणाम अनुसार बालेनले १० हजार ५५९ मत पाएका हुन् । त्यस्तै नेकमा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापित ५ हजार ६५० मतका साथ दोस्रो स्थानमा छन् भने नेपाली काँग्रेसकी मेयर पदकी उम्मेदवार सिर्जना सिंह ४ हजार ९...
-
अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी
डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। नेपाली कांग्रेस विपी र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई हराउँदै नगरप्रमुखमा डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएका हुन्। कांग्रेस विपी र एमालेका गठबन्धनका उम्मेदवार हरि भट्टलाई हराउँदै प्रमुखमा जोशी र गठबन्धनकै ...
-
भरतपुरमा कडा प्रतिस्पर्धा, रेनु र विजयबीच अग्रता खोसाखोस
भरतपुर महानगरपालिकाको मेयर पदका लागि सत्ता गठबन्धन र एमाले–राप्रपा गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । मंगलबार बिहान सार्वजनिक परिणाम अनुसार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छन् । अहिलेसम्म १७ हजार ३४ मतगणना हुँदा रेनुले ५७१८ मत पाएकी छन् । एमालेका विजय सुवेदीले ५६८८ मत पाएका छन् । ...
-
मतगणना कम्तीमा अर्को दुई सातासम्म नसकिने
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले पर्सि बिहीबारसम्म सकिने भनेको मतगणना कम्तीमा अर्को दुई सातासम्म नसकिने भएको छ। उनले निर्वाचन सकिएलगत्तै गरेको दाबीमा जेठ ५ गतेसम्म निर्वाचनको परिणाम आइसक्छ भनेका थिए । मतगणना यही गतिमा जाने हो भने अझै पूर्ण रूपमा मत परिणाम आउन काठमाडौँ महानगरपालिकालाई एक महिना नै नला...
-
पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा कांग्रेसका बृजहाङ आङदेम्वे विजयी
पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाँउपालिका अध्यक्षमा नेपाली कांग्रेसका बृजहाङ आङदेम्वे निर्वाचित भएका छन । नेपाली कांग्रेस पाँचथरका उपसभापति समेत रहेका आङदेम्वेले नेकपा एमालेका उम्मेद्वार बीरबहादुर कुरुम्वाङ लाई १ हजार ९६ मत अन्तरले पराजित गरेका हुन । आङदेम्वेले ५ हजार ७ सय ३९ मत प्राप्त गर्दा कुरुम्वाङले ४ हजार ४...
-
पाँचथरको तुम्बेवा गाउँपालिकामा कांग्रेसका बाबुराम खड्का बिजयी
पाँचथर ।। पाँचथरको तुम्वेवा गाउपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका बाबुराम खड्का निर्वाचित भएका छन । कांग्रेसका गाउपालिका सभापति समेत रहेका खड्का एमालेका गोविन्दबहादुर तामाङलाई ४०७ मत अन्तरले हराउदै गाउपालिका अध्यक्षमा निर्वाचित भएका हुन । उपाध्यक्षमा माओवादी केन्द्रका खड्गबहादुर सम्वाहाम्फे निर्वाचित भएका छन ।...
-
स्थानीय तह निर्वाचन: उम्मेदवारी दिनेको संख्या एक लाख ५२ हजार ४६५ पुग्यो
स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्नेको संख्या हालसम्म एक लाख ५२ हजार ४६५ पुगेको छ । यही वैशाख ११ र १२ गते मनोनयन दर्ता गरिएको थियो । यही वैशाख ३० गते हुने निर्वाचनमा ३५ हजार २२१ पदका लागि मतदान हुँदैछ । निर्वाचन आयोगको प्रणालीमा आज साँझसम्म प्रविष्ट भएको विवरणअनुसार दलगत र स्वतन्त्रसहित गरी प्रमुखमा तीन...
-
स्थानीय तह निर्वाचन: ८२ हजार भन्दा बढीको मनोनयन दर्ता, कुन प्रदेशमा कति ?
स्थानीय तहको निर्वाचनका लागि देशभर ८२ हजारभन्दा बढी जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगका अनुसार सोमबार राति ९ बजेसम्म ८२ हजार २ सय १० जनाले मनोनयन दर्ता गराएका छन्। जस मध्ये नगर प्रमुखमा २ हजार ३ सय ४३ जना र उपप्रमुखमा १ हजार ४ सय ४५ जनाले उम्मेदवारी दिएका छन्। अध्यक्षमा २ हजार ४ सय ४७ जना र उपाध्यक...
-
एक लाख ३७ हजारको मनोनय दर्ता
स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ७ः३० बजे सार्वजनिक गरेको तथ्याङ्कानुसार पालिकाको प्रमुखमा तीन हजार २७६ र उपप्रमुखमा दुई हजार नौ जनाको मनोनयन दर्ता भएको छ । यस्तै पालिका अध्यक्षमा तीन हजार २६४ र उपाध्यक्षमा दुई हजार २९६ जनाको मनोनयन दर्ता ...
-
एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै
प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज (शुक्रबार) बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बैठक दिउँसो तीन बजे बस्न लागेको एमाले प्रचार(प्रसार विभागका उपप्रमुख विष्णु रिजालले बताए । उनको अनुसार बैठकले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेदवारबारे न...
-
एमालेले निर्वाचनको घोषणा पत्र आज सार्वजनिक गर्दै
नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनको घोषणा पत्र आज (शुक्रबार) सार्वजनिक गर्ने भएको छ । पार्टीको ७४औँ स्थापना दिवसका अवसरमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने तय भएको हो । दिउँसो १ बजे नयाँ पार्टी कार्यालय तुल्सीलाल स्मृति भवन, च्यासलमा घोषणा पत्र सार्वजनिक हुने एमाल...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 17
- Next Page »

























