चितवनको भरतपुर महानगरपालिकामा अहिलेसम्म ९२ हजार १२८ मतगणना गरिएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत मतगणना जारी छ ।
परिणामअनुसार प्रमुख पदमा पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की उमेदवार रेनु दाहालले ७ हजार ८५४ मतान्तरले अग्रता लिएकी छन् । उनले ३६ हजार २७२ मत प्राप्त गरेकी छन् ।
नेकपा (एमाले)का उमेदवार विजय सुवेदीले २८ हजार ४१४ मत पाएका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १२ हजार ७० मत ल्याएका छन् ।
उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका उमेदवार चित्रसेन अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हिमला गुरुङभन्दा १५ हजार ९५८ मतान्तरले अग्रता लिएका छन् । अधिकारीले ३८ हजार ३८५ मत पाएका छन् । गुरुङले २२ हजार ४२७ मत ल्याएकी छन् ।
भरतपुर महानगरमा अहिले १९ र २० नम्बर वडाको मतगणना जारी छ । हालसम्म १ देखि १८ नम्बर वडासम्मको गणना सम्पन्न भइसकेको छ ।






















