पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा कांग्रेसका बृजहाङ आङदेम्वे विजयी

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाँउपालिका अध्यक्षमा नेपाली कांग्रेसका बृजहाङ आङदेम्वे निर्वाचित भएका छन ।

नेपाली कांग्रेस पाँचथरका उपसभापति समेत रहेका आङदेम्वेले नेकपा एमालेका उम्मेद्वार बीरबहादुर कुरुम्वाङ  लाई १ हजार ९६ मत अन्तरले पराजित गरेका हुन ।

आङदेम्वेले ५ हजार ७ सय ३९ मत प्राप्त गर्दा कुरुम्वाङले ४ हजार ४ सय ४३ मत पाएका छन ।

आङदेम्वेसँग पराजित कुरुम्वाङ २०७६ सालमा सम्पन्न स्थानीय तहको उप निर्वाचनमा आङदेम्वेलाई नै पराजित गरेर सो गाउँउपालिकाको अध्यक्षमा बनेका थिए ।

उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्रका उम्मेद्वार ठाकुरसिंह नेम्वाङ बिजयी भएका छन । नेम्वाङले एमालेको समर्थनमा उपाध्यक्ष पदको उम्मेद्वार बनेकी जनता समाजवादी पार्टिकी बबिता नेम्वाङलाई ६ सय ५७ मत अन्तरले हराएका हुन । उपाध्यक्ष पदमा ठाकुरसिंहले ५ हजार १०० मत प्राप्त गर्दा बबितालाई ४ हजार ४ सय ४३ मत प्राप्त भएको छ ।

त्यहाँ नेकपा एमाले र जनता समाजवादी प्यानल गठवन्धन गरेर चुनाव लडेका थिए भने एमाले र जसपा विरुद्व कांग्रेस,नेकपा एस र माओवादी केन्द्रले गठवन्धन गरेका थिए । गणनाको अन्तिम परिणाम निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्ने तयारी गरिरहेको वताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार