आमाले चप्पलले हिर्काएर घरबाट निकालेको आरोप लगाएपछी वलिउडबाट हराइन अमिसा

मुम्बई– बलिउड अभिनेत्री अमिषा पटेलले सन् २००० मा ऋतिक रोशनका साथ फिल्म ‘कहो ना प्यार हे’बाट आफ्नो करियरको धमाकेदार सुरुवात गरिन् । यो फिल्मले बक्सअफिसमा आफूलाई हिट साबित गरेको थियो ।

उनको दोस्रो फिल्म ‘गदर एक प्रेम कथा’को सफलताले उनी फिल्म उद्योगको ठूलो स्टार नै बनिन् । यही बेला उनी र आफ्नो परिवारबीच खटपट भएको समाचार सार्वजनिक भएको थियो ।

एबीपी लाइभका अनुसार अमिषाले एक अन्तरवार्तामा आफ्नो कमाईलाई पिताले गलत रुपमा प्रयोग गरेको बताएकी थिइन् । जसको असर उनको करियरमा पर्न थाल्यो ।

केही व्यक्तिले अमिषा एक प्रख्यात निर्देशकसँग सम्बन्धमा रहेको र त्यो सम्बन्ध आमाबाबुलाई मननपराएको बताउदै आएका थिए । यही कारण अमिषाले पितामाथि आरोप लगाएपछि उनलाई आमाबाबुले घरबाट निकालिदिएका थिए ।

एकदिन अमिषाले पत्रकार सम्मेलन गरेर आमाले आफूलाई चप्पलले हिर्काएर घरबाट निकालेको आरोप लगाइन् । तर यसपटक भने उनको हिस्सामा नकारात्मक प्रचारप्रसार सुरु भयो । यो घटनापछि उनको करियर सकियो ।

जसकारण उनले न त काम नै पाइन्, न त परिवार नै । दुवै कुरा नभएपछि उनी प्रेमबाट पनि पछाडि पारिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार