दर्शकको मन जित्दै सुचिन्दा र सन्जिबको म्युजिक भिडियो “तिमी मेरो” (भिडियो सहित)

नयाँ कुरो समाचार ।।

गत हप्ता सार्बजनिक गरिएको “तिम्रो मेरो” बोलको गितले दर्शकको मन जितेको छ । अडियो संगै भिडियको तारिफ नेपाली गित संगितका दर्क श्रोताले गरेका हुन् ।

गएको हप्ता युट्युबमा सार्बजनिक भएको यो गितलाइ यो समाचार तयार पार्दा सम्म ३ लाख ८० हजार भन्दा धेरै पटक हेरिसकिएको छ भने अधिकांश दर्शकले युट्युब मार्फत सकारात्मक प्रतिकृया दिएका छन् ।

बुढानिलकण्ठ BNKS , रातो बँगला स्कुल हुँदै KUSOM बाट BBA सकेर MBA अध्यनको तयारी गरिरहेकी गायिका तथा यस गीतमा मोडलको समेत भुमिकामा देखियेकी सुचिन्दा श्रेष्ठलाइ मोडल तथा नायक सन्जिब थेबे लिम्बूले म्युजिक भिडियोमा साथ दिएका छन् ।

कालो केसमा रेलिमाई, फुलबुट्टे सारी, गाजल टिकि जस्ता चर्चित म्युजिक भिडियो निर्देशन गरिसकेका युवा निर्देशक राजेश पुमा राईको निर्देशनमा बनेको म्युजिक भिडियोमा र गायिका सुचिन्दा श्रेष्ठ स्वयंले अभिनय गरेकी हुन् ।

भिडियोमा मुलुकको बिदेशिने ट्रेण्ड्ले लामो समय बिदेशमा रहेको प्रेमी (सन्जिब थेबे लिम्बु) लाई कुरिरहेकि प्रेमिका (गायिका तथा मोडल सुचिन्दा श्रेष्ठ) बीचको प्रगाढ प्रेमिल भावलाई समेटेर रोमान्टिक सिनहरुको साथमा र सम्योगान्त सन्देशमुलक कथा प्रस्तुत गराउने निर्देशक राजेशपुमा राईको प्रयास सफल देखिन्छ ।

गीतकार अम्बिका गुरुङको शब्दमा सजिएको “तिमी मेरो” बोलको गितलाई गायिका सुचिन्दा श्रेष्ठले आफ्नो उमेर समुहालाई लक्ष्यित गर्दै वेष्टन पप जनरामा गाएकी छन् ।

ताप्लेजुङ्को सिरिजँघा १ सिनाममा जन्म भै हङकङलाई कर्म थलो र उतै बसोबास गर्दै आएका वसन्त थेवेले यो गितको निर्माण गरेका हुन् ।

हेर्नुहोस म्युजिक भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार