निराज राइ। फिल्म ‘पूर्णबहादुरको सारङ्गीको व्यवसाय अझै रोकिएको छैन । फिल्म आज सोमबार २६ औँ दिनमा प्रदर्शनरत छ ।
वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले २४ दिन अर्थात शनिवारसम्मको आम्दानी सार्वजनिक गरेको छ जसमा फिल्मले ४३ करोड ४० लाख रुपैयाँ ग्रस कमाएको छ ।
फिल्मको आइतबारको आम्दानी पनि राम्रो रहेको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका मनोज राठीले बताए।
फिल्मले शनिवार १ करोड ८० लाख क्रस र आइतबार पनि त्यही हाराहारीको कमाई गरेको बताएको छ।
सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको फिल्ममा विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल, प्रकाश सपुत, माओत्से गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपाने लगायतको अभिनय छ ।
फिल्मले बाबुले छोराको भविष्यका लागि गर्ने सङ्घर्ष र त्यागको कथा उठाएको छ ।