एलओडीको छैटौ बार्षिकोत्सब, ६ दिन बृहद सांगितिक कार्यक्रम

नयाँ कुरो समाचार ।। ठमेल स्थित एलओडी क्लबले आफ्नो छैटौ बार्षिकउत्सबका कार्यक्रम सार्बजनिक गरेको छ ।

क्लबले छैटौ बार्षिकोत्सवमा ६ दिन सांगितिक माहोल सृजना गर्ने भएको हो ।

माघ २६ बाट सुरु भएको सांगितिक माहोल फाल्गुणको ९ गते टुंगिने छ ।

उक्त अवधिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकार र ब्याण्डहरुले LOD मा प्रस्तुती दिनेछन् ।

क्लबका निर्देशक भूपेन कुवँरका अनुसार माघ २६, २८ फागुन १, २, ८ र ९ गते गरी ६ दिन सांगितिक कार्यक्रमको आयोजना भएको छ ।

पहिलो दिन अर्थात् माघ २६ गते पूर्ण राई एण्ड दाजुभाइ, श्रीगो एण्ड द गेन र लिसियस प्रस्तुति हुनेछ । माघकै २८ गते कुमासागर एण्ड द ख्वापले पस्तुति दिनेछन् ।

फागुनको १, २, ८ र ९ गते क्रमशः समिर श्रेष्ठ (एफटी गुड ब्वाइज), दोङ, टप हन्डेट डिजे क्युब्रिक्स र कर्मा ब्यान्डसँगै कुटुम्बले पनि प्रस्तुति दिने भएका छन् ।

काठमाण्डौको नाइटलाइफको महत्वपूर्ण हिस्सा बनेको यो क्लब विश्वका उत्कृष्ट क्लबको सूचीमा पटक पटक समावेश भैसकेको छ ।

यो बर्ष समेत डिजे म्यागले छनौट गर्ने संसारका उत्कृष्ट १०० क्लबको सूचीमा एलओडी समावेस भएको छ ।

विश्वका उत्कृष्ट क्लबहरुसंग प्रतिष्प्रधा गर्दै आएको एलओडीलाइ डिजे म्यागको साइटमा गएर भोट गरेर विश्वकै उत्कृष्ट क्लबको सूचिमा समावेश गरिदिन समेत निर्देशक कुवँरले आग्रह गरेका छन् ।

यस्तो छ छैटौं बार्षिकोत्सवको कार्यक्रम तालिका 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार