सन २०२५ मा समेत विश्वको उत्कृष्ट १०० वटा क्लब भित्र पर्दै ‘एलओडी’

नयाँ कुरो समाचार ।। सन २०२५ मा समेत ‘एलओडी’ क्लब विश्वको उत्कृष्ट १०० वटा क्लबमा पर्ने पक्का भएको छ ।

विदेशी पर्यटकको पहिलो गन्तब्य बनेको ठमेलको ‘एलओडी’ को अन्तराष्ट्रीय मञ्चमा यो बर्ष समेत बलियो उपस्थिती रहने पक्का भएको हो ।

यो बर्ष समेत ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा क्लब परेसंगै क्लबले यतिबेला भोटिङको लागि आग्रह गरेको छ ।

क्लबका निर्देशक भूपेन कुवँरले विश्वका उत्कृष्ट क्लबको सुचीमी नेपाली क्लबको नाम समावेश हुनु गौरवको विषय भएको बताए ।

यस्ले अन्तराष्ट्रीय पर्यटकले नेपालमा समेत स्तरीय क्लब रहेको अनुभुत गर्न सकेको कुवरको भनाइ छ ।

एलओडी’ क्लब विश्वको उत्कृष्ट सन् २०२२ मा ५२ , सन २०२३ मा ४९ र सन् २०२४ मा ५० औँ स्थानमा परिसकेको छ ।

यसै समाचारमा सम्लग्न तस्विरलाइ स्क्यान गरे सोझै भोट गर्न सकिने क्लबले जनाएको छ ।

एलओडीका अनुसार डिजे म्यागको वेबसाइटमा जानुपर्छ । मत गर्न पुनः फेसबुक, एप्पलको मोबाइल भए एप्पल र गुगलको अप्सन आउँछ ।

डिजे म्यागको १०० क्लब आएपछि तलपट्टिको भागमा ’इट्स कुल लेट्स गो’ मा क्लिक गर्नुपर्छ ।

प्रयोगकर्ताले फेरि आफ्नो देशको नाम, सहर साथै नामसहित सबै उल्लेख गर्ने अप्सन प्राप्त गर्छन् ।

अन्त्यमा पुनः अर्को अप्सनमा क्लबको सबै चरणमा एलओडीको क्लब लेख्दै काठमाडौं सहरको नाम उल्लेख गर्नुपर्नेछ । ‘

साथै भोटिङ अवधीभर क्लबमा आएर भोटीङ गर्नेहरुले निशुल्क प्रवेश पाउने ब्यवस्था गरिएको क्लबका निर्देशक कुवँरले जानकारी दिए । क्लबले अरुबेला नेपाली तथा विदेशीलाइ १ हजार रुपैया इन्ट्री शुल्क लिदै आएको छ ।

नेपालको क्लबलाइ अन्तराष्ट्रीय स्तरमा चिनाउन सबैले भोट गरेर सहयोग गरिदन समेत निर्देशक कुवँरले अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार