नयाँ कुरो समाचार ।। नेपाली सांगितक क्षाेत्रमा स्थापित गायिका मेलिना राइ तथा इत्र्जिनियर गायक विरेन्द्र श्रेष्ठको श्वर रहेको “जाले रुमाल” वोलको गित असोज १४ गते सार्बजनिक हुने भएको छ । एक पछी अर्को हिट गीतहरु पस्किरहेको इनाक्सी इनाक्छी इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट गीत सार्बजनिक हुन लागेको हो ।

“जाले रुमाल” मा जुन को साथी तारा, सिम्पल डिम्पल जस्ता हिट नम्बर का सङ्गीतकार तथा रेवन चस्मा, मिनरल वाटर, पानी पधेरो जस्ता हिट नम्बर का गायक तथा सङ्गीतकार भिम बिष्टको शब्द सङ्गीत छ भने, सङ्गीत सम्योजन नरेन्द्र बियोगी, मिक्स माष्टर श्यामश्वेत रसाइली र आवाज चर्चित गायिका मेलिना राई र ईन्जिनियर गायक बीरेन्द्र श्रेष्ठ को छ ! लोक जनरामा बनेको गीत उत्कृषठ सृजना वनेको संलग्न टिमको दावी छ ।

यो गीत को भिडियो मेकिङ समेत चर्चायोग्य छ, चर्चाको शिखरमा रहेका पल शाह को जोडि रियाशा दहाल छिन भने नेपालि म्युजिक भिडियो का पर्यायवाची कार्टुन क्रु का सरोज अधिकारी र आष्मा बिश्वकर्मा लाइ देख्छन पाइनेछ । पछिल्अलो समय निरन्तर हिट नम्बर दिदै चर्चामा रहेका गम्भीर बिष्ट यो भिडियो का निर्देशक हुन । भिडियोलाइ याक एण्ड यती होटलमा छायांकन गरिएको छ ।