
बिश्वास गर एउटा भन्छु भन्ने छुइन आर्को कुरा
सधैं मान्ने गर्नुपर्छ ज्ञान सिकाउने सरकाे कुरा
साेध सबै मनकाे कुरा एक एक गरि बताउनेछु
तर कहिलै बताउदिन सबै गोप्य घर्को कुरा
के चाहान्छौ थाहा छैन, होला संगत नभएर
सोध्ने छुइन कहिले पनि नचाहिने करको कुरा
थाहा छैन जिन्दगी त आज होकि भोलि भन्ने
सम्हाल्ननी सक्नुपर्छ गर्न हुन्न डरकाे कुरा
बद्लिरहने माैसमझै के के गर्छ नियतलेनी
निधो हुन्न कहिले पनि जिन्दगी भर्को कुरा
निधो हुन्न कहिले पनि जिन्दगी भर्को कुरा
सुस्मा नेपाल