प्रतिवद्धताको पैसा उठे ५ लाख १२ हजार नाफामा : पाँचौ पाँचथर गोल्डकप

नयाँ कुरो ।। पाँचथर क्लबले पाँचौ पाँचथर गोल्डकपको आय ब्यय सार्बजनिक गरेको छ ।

गत फाल्गुण २४ गते देखी चैत्र २ गते सम्म फिदिम माविको खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा ६३ लाख २९ हजार ६० रुपैया खर्च भएको क्लबका कोषाध्यक्ष बासु ढुंगेलले जानकारी दिए ।

क्लबले हाल सम्म ६० लाख ४९ हजार रुपैया रकम संकलन गरिसकेको छ भने प्रतिवद्धता ब्यक्त भएका रकम मध्ये ७ लाख ९२ हजार रुपैया प्राप्त हुन बाँकी र २ लाख ८० हजार रुपैया भुक्तानी दिन बाँकी रहेको क्लबका अध्यक्ष कमल तुम्रोकको भनाइ रहेको छ ।

सबै रकम उठाएर उठ्न बाँकी तथा भुक्तानी बाँकी नदेखाइ आय ब्यय सार्वजनिक गर्ने प्रयास गरिएकोले आय ब्यय सार्बजनिकमा केही ढिलाइ भएको क्लबका उपाध्यक्ष योगराज सेढाइले बताए ।

प्रतिवद्धता भएका सबै रकम उठे क्लबलाइ ५ लाख १२ हजार रुपैया फाइदा हुने देखिन्छ ।

यस्तो छ क्लबको आय ब्यय विवरण :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार