विद्यार्थीलाइ ब्याडमिन्टन प्रशिक्षण

नयाँ कुरो समाचार ।।

पाँचथरको तुम्बेवा आधारभूत विद्यालयले ब्याडमिन्टन प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

तुम्वेवा गाउँपालिका – ३,  मौवामा रहेको उक्त विद्यालयले आफ्ना विद्यार्थीलाई ब्याडमिन्टन प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो ।

विद्यालयका करिब ३० जना विद्यार्थीलाई ब्याडमिन्टन प्रशिक्षक रोजन कार्की र एलिन रसाइलीले खेल सम्बन्धी प्रशिक्षण दिएका थिए ।

तुम्बेवा गाउँपालिकाले ३० लाख रुपैयाँभन्दा बढी खर्च गरेर बनाएको ब्याडमिन्टन हलमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो ।

विद्यार्थीको सर्वाङ्गीण विकासलाई मध्यनजर गर्दै ब्याडमिन्टन खेल सम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक ज्ञान प्रदान गरिएको विद्यालयका प्रिन्सिपल गणेश भण्डारीले जानकारी दिए ।

पछिल्लो समय पाँचथर जिल्लामा ब्याडमिन्टनको क्रेज बढ्दो क्रममा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार