
नयाँ कुरो समाचार । पाँचथरको फिदिममा गत माघ ९–१२ सम्पन्न भेट्रान्स गोल्डकपको आय ब्यय सार्बजनिक गरिएको छ ।
आयोजक फिदिम फिदिम भेट्रान्स क्लब पाँचथरले पत्रकार सम्मेलनको आयोजना गरेर आय ब्यय सार्बजनिक गरेको हो । फिदिममा गत माघको ९ गते बाट १२ गते सम्म अन्तराष्ट्रिय आमन्त्रण दोश्रो फिदिम भेट्रान्स गोल्डकप सञ्चालन भएको थियो । प्रतियोगितामा छिमेकी राष्ट्र भारतको बुङकुलुङ दार्जिलिङ भेट्रान्स र नेपालका ७ वटा भेट्रान्स टोलि विचमा प्रतिष्पर्धा भएको थियो ।
प्रतियोगितामा आयोजकले १२ लाख ९३ हजार १ सय १ रुपैया संकलन गर्न सफल भएको छ भने ८ लाख १५ हजार २ स १ रुपैयामा प्रतियोगिता सम्पन्न गर्न सफल भएको छ ।
हाल सम्म संकलित रकम बाट ४ लाख ७७ हजार ९ सय रुपैया बचत भएको आयोजक संस्थाका अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिनुभयो । क्लबले अझै १ लाख ९० हजार रकम उठाउन बाँकी रहेको छ । प्रतिवद्धता ब्यक्त भएको सो रकम समेत उठाउन सके क्लबको बचत झण्डै ७ लाख रुपैया हुने क्लबले जनाएको छ ।
दाता तथा टिकट विक्रीबाट आयोजकले रकम संकलन गरेको हो ।
गएको फाल्गुनन्द गोल्डकपमा क्यान्टीन सञ्चालन तथा मोमो र चटपटे विक्री बाट समेत क्लबले केही आर्थिक श्रोतको ब्यवस्थापन गरेको थियो ।
आयोजकले पुरस्कार, प्रचार प्रसार तथा प्रत्यक्ष प्रशारण, मायाको चिनो, खेलमैदान ब्यवास्थापन, विमा, खेलाडी खाना तथा आवास, यातायात लगायतमा खर्च गरेको छ ।
खेलाडीलाई आफै क्यान्टीन चलाएर खाना खुवाउने, खर्चमा मितब्ययिता अपनाउने गरेकोले रकम वचत हुन सफल भएको भन्दै क्लबले आगामी दिनमा समेत भेट्रान्स गोल्डकपलाई थप ब्यबस्थित गर्दै निरन्तरता दिने जनाएको छ ।