दोश्रो अध्यक्ष भलिवल कपको उपाधी याङवरकलाइ

नयाँ कुरो समाचार ।। 

पाँचथरको फाल्गुनन्द गाउँपालिकामा आयोजित दोश्रो अध्यक्ष कप भलिवल प्रतियोगिताको उपाधि याङवरक गाउँपालिकाले जितेको छ ।

फाल्गुनन्द गाउँपालिकाको आयोजनामा फाल्गुनन्द २ इम्बुङमा जेष्ठ १८ गते देखी २० गते सम्म प्रतियोतिा सञ्चालन भएको थियो ।

विजेता बनेको याङवरक गाउँपालिकाले उपाधि सहित नगद १ लाख १५ हजार रुपैया पुरस्कार प्राप्त गरेको छ ।

यस्तै आयोजक फाल्गुनन्द गाउँपालिका उपविजेता बन्दै नगद ५५ हजार र कुम्मायक गाउँपालिका तेश्रो बन्दै नगद २५ हजार रुपैया प्राप्त गरेको छ ।

प्रतियोगितामा पाँचथरका ८ वटा स्थानीय तहको सहभागिता रहेको थियो ।

खेलकुद क्षेत्रको विकास गर्न भन्दै फाल्गुनन्द गाउँपालिकाले गएको वर्षबाट प्रत्येक बर्ष अध्यक्ष भलिवल कप प्रतियोगिता आयोजना गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार