
पाँचथर ।। पाँचथर गोल्डकपमा पथरी ११ ले विजयी सुरुवात गरेको छ ।
पाँचथरमा आजबाट सुरु भएको अन्तराष्ट्रीय आमन्त्रण वाइवाइ ५ औ पाँचथर गोल्डकपको पहिलो खेलमा आयोजक पाँचथर क्लबलाइ २–० गोलअन्तरले पथरीले पराजित गरेको हो ।
प्रतियोगिताको चौथो मिनेटमा पथरीका सनम धिमाल र खेलको अन्तिम समयमा अंकित लिम्बूले पथरीका तर्फबाट गोल गरेका थिए ।
पाँचथर गोल्डकपको पाचौ संस्करणका विजेताले ११ लाख १ हजार, तथा उपविजेताले ५ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ए डिभिजनका ४ क्लबसहित ८ टोली सहभागी छन् ।
प्रतियोगितामा आइतबार हुने खेलमा ए डिभिजन विजेता चर्च व्वाइज फुटबल क्लब र भारतको हिल्स फुटबल एकेडेमी बीच प्रतिस्पर्धा हुने छ ।
आजको म्यान अफ दि म्याच पथरीका गोल रक्षक समिर क्षेत्री भए । उनले नगद ७ हजार ५ सय प्राप्त गरेका छन् ।
प्रतियोगिताको फाइनल खेल आगामी चैत्र २ गते हुने छ ।
पूर्वी पहाडी जिल्लाको हाल सम्मकै सर्वाधिक पुरस्कार राशी रहेको यो प्रतियोगिता पाँचथर क्लब पाँचथरले आयोजना गरेको हो ।