समिना भर्खर कक्षा १० मा पढ्दै छिन् । उनको बुवा बाग्लुङ्गको गाउँमा खेती–किसानी गरेर बस्नुहुन्छ । परिवारमा उनी, उनको विवाहित दिदी र दुई भाइ गरी जम्मा छ जनाको परिवार छ । खेती–किसानीमा बाबु आमालाई साथ दिनु, घरमा सामान्य कामकाज गर्नुर्, िवद्यालय जानु गाउँघरको नियमित दिनचर्या नै हो ।

समिनाको पनि काममा बढी व्यस्तताले पढाइमा कम समय दिएको जस्तो देखिन्छ । त्यसको अलावा सामाजिक सञ्जाल र मोबाइलमा पनि विद्यार्थीहरु अगाडि नहुने प्रश्नै भएन, त्यो पनि २१औँ शताब्दीका विद्यार्थीहरु ।

हिजो जस्तो समय अहिले रहेन । डेढ दशक अगाडि एक देश वा ठाउँबाट अर्को देश वा ठाउँमा समाचार आदान प्रदान गर्दा केहि कुरा लेखेर समाचारको रुपमा सन्देश पठाउने चलन थियो ।

त्यसलाई ‘आवा’ भनिन्थ्यो । तर अहिले विश्वको कुनै कुनाबाट अर्को कुनामा बसेको मान्छेसँग सञ्चो बिसञ्चो, माया प्रेमका कथाहरु समेत मिनेटभरमै आदान प्रदान गर्न सकिन्छ । हामीले मानिसको मोबाइल प्रतिको मोहलाई गाउँ, शहर जतासुकै देख्न सक्छौँ ।

साइकल चलाउँदै गर्दा फोनमा व्यस्त, गाडी गुडाउँदै गर्दा फोनमा व्यस्त, मोटरसाइकल कुदाउँदै गर्दा समेत कामनमा फोन हुन्छ । मानौँ उनीहरु असाध्यै व्यस्त छन्, काममा भ्याइ–नभ्याइ छ । उसलाई कानमा फोन झुण्डाएर हिँड्दा युद्ध जिते जस्तो लाग्दो हो तर देख्नेलाई वाक्क लाग्छ कहाँ गएर मर्ने हो भन्ने ।

कहाँ प्रयोग गर्ने, कहाँ नगर्ने थाहा छैन अझ भनौँ थाहा पाएर पनि बेहोसीमा छ मान्छे । कुनै नसामा लठ्ठ भएको जस्तै । अझै भनौँ ‘माल पाएर चाल नपाएको’ जस्तो ।

समीर गैंँडाकोटमा बस्छ । उसले कक्षा १० मा पढ्दा पढ्दै पढाई छोडेर लेबर काम गर्न थालेको छ । १९ वर्ष पुगेपछि उसलाई पनि माया–प्रेमको मात चढ्न थालेको छ । कुनै भर्खरको केटी देख्यो भने आफ्नै मान्छे जस्तो लाग्छ रे । प्रेम गर्न मन पराउँछ रे ।

पढाइमा भन्दा मायामा बढ्ता दिलचस्पी भएकोले होला उ पढाइ छाडेर समिनालाई भगाएर आइपुगेका छ ।उनीहरुका अनुसार विवाहको वातावरण बनाउन सहयोग गर्ने मोबाइल हो रे । एकदिन झुक्किएर समीरको मोबाइलमा मिसकल आउँछ । मिसकल आइसकेपछि समीरले फोन गर्छ । फोनमा कुरा गर्दै जाँदा फोन फोनमा माया–प्रेम झाङ्गिन्छ ।

चिन्नु न जान्नुको प्रेम । भेटघाटको माहोल पनि फोनले नै मिलाउँछ । अनि सँगै उठबस हुँदै जाँदा कुरा विवाहमा परिणत हुन्छ अनि उमेर नपुगेका जोडी घरजम बसाउन नवलपरातिर हानिन्छन् । घरका अभिभावक पनि विवाह गरिदिन राजी हुन्छन् ।

नारायणगढमा आइपुगेपछि माइती नेपाललाई शंका लागेर शोधपुछ गर्दा उमेर नपुगी भागेर हिँडेको पत्ता लागेर सोधपुछका लागि संरक्षणमा राखियो । केटी १६ वर्ष केटा १९ वर्ष । कानुन बमोजिम विवाह गर्न दुवैको उमेर २० वर्ष पुग्नु पर्दछ । माया एउटा कुरा हो भने जीवन जीउनु अर्को कुरा हो ।

विवाह गर्नु, बच्चा जन्माउनु मात्र ठूलो कुरा होइन, परिवारको व्यवस्थापन गर्नसक्नु महत्वपूर्ण कुरा हो । जीवनमा सफल बन्न विवाह भन्दा पढाइ महत्वपूर्ण हुन्छ भन्ने परामर्श र २० वर्ष नपुगी विवाह गर्दाका कानुनी उल्झनका बारेमा परामर्श गरिसकेपछि बुहरी लिन आएका समीरका ठूली आमा, दिदी सबै माइती नेपालबाट सानो उमेको विवाह साँच्चै पढाइ, स्वास्थ्य, खर्च आदिका दृष्टिले भलो रहेनछ भनेर बुझिसकेपछि बाहिरिए ।

छोरीलाई जिम्मा लगाएर आनन्दसँग बस्ने सोचेका बाउ पनि मइती नेपालमा छोरी लिन आएको बेला सबै कुरा बुझिसकेपछि छोरीलाई घर लैजान राजी भए । दुवै पक्षले अहिले २० बर्ष नपुगी विवाह गर्नुु कानुनी र प्रजनन् स्वास्थ्यका हिसावले ठीक नहुने कुरा बुझिसकेपछि घर फर्केका छन् ।

(newsonline)