गायक रामकृष्ण ढकाल र निलम शाह ढकालबीच सम्बन्ध बिच्छेद भएपनि दुवै एउटै घरमा बसिरहेको बताइएको छ । भैसेपाटीस्थित घरमा ढकाल र शाह छोरी रानी ढकालसँगै बस्नै आएका हुन् ।

बुधबार औपचारिक डिभोर्स भएपनि ढकाल र निलम सँगै बस्दै आएपछि धेरैको चासो बढेको छ । ढकाल केही समययता ऋणमा डुबेका थिए । ऋणबाट बच्न उनले डिभोर्स गरेर सम्पत्ति जोगाउन खोजेको हुनसक्ने कतिपयले आरोप लगाइरहेका छन् ।

यसैविच रामकृष्ण ढकालले आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नी श्रीमतीलाइ गाली नगर्न आग्रह गरेका छन् । अधिकाशंले श्रीमान ऋणमा डुब्दा साथ छोडेको भन्दै रामकृष्णकी श्रीमतीको आलोचना गरेका थिए ।

यता गायक ढकालले आफ्नो पारिवारिक कुराहरुलाई मिडियाले उचालेको भन्दै रोष प्रकट गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गायक ढकालले मिडियाले अनावश्यक कुरालाई उचालेर भए नभएको टिप्पणी गरेको प्रति रोष प्रकट गरेका हुन् ।

उनले लेखेका छन्, ‘नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शिर्ष समाचार बानाएदेखि मलाइ मेरा आफ्ना आलोचक र प्रसंशक कति रहेछन भन्ने कुराको आभाष भएको छ। सम्पुर्ण दर्शक श्रोता प्रति सधै कृतज्ञ छु र रहिरहनेछु।’

गायक ढकालले पछिल्लो समय मिडियामा आफ्नो सम्बन्ध विच्छेदलाई लिएर बनेका समाचारहरु परिवारको आत्मसम्मान विपरीत भएकाले नकारात्मक टिप्पणी नगरिदिन अनुरोध गरेका छन् ।

उनले भनेका छन्, ‘विशेष गरि मेरी श्रीमती निलमलाई जोडेर एक महिला प्रति को न्युनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्द्छु ।’

ढकालको स्टाटस जस्ताको तस्तै :

मैले आफुले आफ्नो बोध भए देखि नै गाउन थालेको हुँ। कति गाए त्यो अंकमा गनेको पनि छैन। जिवनको यो लामो अन्तरालमा मैले कति दर्शक/श्रोता कमाए भन्ने कुराको कहिल्यै लेखाजोखा गरिन तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजो देखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शिर्ष समाचार बानाएदेखि मलाइ मेरा आफ्ना आलोचक र प्रसम्शक कति रहेछन भन्ने कुराको आभाष भएको छ। सम्पुर्ण दर्शक श्रोता प्रति सधै कृतज्ञ छु र रहिरहनेछु।

पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन त्यसैले समाचारलाई विश्वास गरि मेरो परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु। विशेष गरि मेरी श्रीमती निलमलाई जोडेर एक महिला प्रति को न्युनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्द्छु ।

सार्वजनिक चासोको विषय बन्दा बन्दै पनि सबैका आ-आफ्नै पारिवारिक विषय हुन्छन जुन नितान्त व्यक्तिगत हुन्छन। व्यक्तिगत विषयमा टिप्पणी त्यसमा पनि नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाइ कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय हो। यसर्थ म प्रती चासो देखाउनु हुने मेरा सम्पुर्ण दर्शक / श्रोतालाई यति कुरा प्रष्ट पार्न चाहान्छु कि आज म जे छु त्यो सबै तपाई सम्पुर्ण दर्शक/ श्रोताका कारण छु तर नेपाली गित संगीत क्षेत्रमा मलाइ अनवरतरुप मा हिडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरि श्रीमती निलम हुन् ।

हामी सँधै झैँ हाँसी खुशी परिवारमा संगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन।

आशा छ तपाईहरुको माया रहिरहने छ।

सबैको दिन शुभ रहोस!