‘ए’ डिभिजन लिग आजबाट, उद्घाटन खेल मछिन्द्र र ब्रिगेडबीच हुने

२०७६, २८ मंसिर शनिबार : सहिद स्मारक ए डिभिजन लिगको नयाँ सिजन आज (शनिबार)बाट सुरु हुदैछ । घरेलु फुटबलका शीर्ष डिभिजनका क्लबले प्रतिस्पर्धा गर्ने लिगको खेल आज सुरु हुन लागेको हो ।

उद्घाटन खेलमा शनिबार मछिन्द्र क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।खेल दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ । लिगमा घरेलु फुटबलका १४ ए डिभिजन क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ ।

लिग अवधिभर कुल ९१ खेल हुनेछ । हरेक राउण्डमा ७ खेल हुनेछ । शीर्ष टिमले उपाधि हात पार्नेछ । यस सिजन मात्र एक क्लब रेलिगेशनमा पर्नेछ । लिगको उपाधि विजेताले ५० लाख, उपविजेताले ३५ लाख र तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौले ७ लाख र छैटौले ५ लाख रुपैयाँ पाउनेछ ।

लिगको हरेक खेल जित्ने टिमले बोनस बापत ५० हजार पाउनेछ । बराबरी भए १५÷१५ हजार हात पार्नेछ । प्रतियोगिताको उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

हरेक खेलको म्यान अफ दि म्याचलाई केल्मी ५० हजार र सिजनको फेयर प्ले टिमले १ लाख पाउनेछ ।मनाङ प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो ।

(radionrn)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार