हस्तमैथुनका बारेमा मानिसहरुको विभिन्न धारणा छ । कोही यसलाई अश्लील उत्तेजित व्यवहार ठान्छन् भने कोही यसलाई सही ठान्छन् । तर विज्ञानले भने हस्तमैथुनलाई गलत मान्दैन र यसलाई स्वास्थ्यको दृष्टिकोणले राम्रो र सामान्य मान्छ ।
हस्तमैथुनको दौरानमा मानिस आफ्नो दिमागमा सुन्दर पलहरुको कल्पना गर्छ र त्यसकै बारेमा सोच्न थाल्छ । हस्तमैथुन कुनै पनि कोणबाट गलत नभएको अध्ययनहरुले पुष्टि गरिसकेको छ ।
यसलाई केटा र केटी दुबैले अभ्यास गर्नसक्छन् । केटाहरुमा यसको अभ्यास गर्ने इच्छा १७ वर्षपछि प्रवल रुपमा उत्पन्न हुन्छ । तर केही मानिसहरु भने यसको अभ्यास गर्दैनन् र जबसम्म कसैमा यसको इच्छा विकास हुँदैन तबसम्म यसको अभ्यास नगर्दा उचित हुन्छ ।
हस्तमैथुन गर्नाले तपाईको शारीरिक विकासमा कुनैपनि अवरोध उत्पन्न गर्दैन । यसको अभ्यासले आखाँको मुनि ‘डार्क सर्कल’ बस्ने सम्भावना कम हुन्छ ।
हस्तमैथुनको अन्य ७ फाइदाहरु:-
१. तनाव घटाउँछ: हस्तमैथुनका क्रममा व्यक्तिको मुटुको धड्कन र श्वासप्रश्वास तीव्र बन्छ । यसले गर्दा रक्तसञ्चार तीव्र हुन्छ भने मांसपेशी पनि क्रियाशील हुन्छ । यसबाट शरीरमा भएका मानसिक तथा शारिरीक तनावले निकास पाउने गर्छ ।
२. सुरक्षित क्रिया: यौन रोग लागेको व्यक्ति, गर्भवती महिला अथवा सेक्स गर्न नमिल्ने रोग लागेका मानिसले पनि हस्तमैथुनबाट शारीरिक तथा मानसिक सन्तुष्टि पाउन सक्छन् ।
३. यौन दुर्बलताको उपचार: शीघ्र स्खलनलगायत यौन समस्या भएका व्यक्तिले हस्तमैथुनमार्फत आफ्नो समस्या कम गर्न सक्छन् । हस्तमैथुन गरेर लामो समयसम्म स्खलन हुन नदिने कला सिकाउने विधि यौन विशेषज्ञले दिँदै आएका छन् ।
४. मीठो निद्रा: सेक्सको चरमोत्कर्षमा पुग्दा उत्सर्जन हुने अक्सिटोसिन र इन्डोर्फिनलगायत हार्मोनले मीठो निद्रा लगाउने गर्छन् । हस्तमैथुनका क्रममा पनि शरीरमा यी हार्मोन उत्सर्जन हुने गर्छन् । त्यही भएर अनिद्राको समस्या भएका मानिसका लागि हस्तमैथुन राम्रो औषधि साबित हुन सक्छ ।
५. प्रसन्न बनाउँछ: हस्तमैथुनका क्रममा मानिसको शरीरमा उत्सर्जन हुने इन्डोर्फिन हार्मोनले मानिसलाई प्रसन्न बनाउने काम गर्छ ।
६. रोगप्रतिरोधी क्षमता बढाउँछ: वीर्य स्खलन हुँदा पुरुषको शरीरमा कोर्टिसोल नामक हार्मोनको मात्रा शरीरमा बढ्न जान्छ । यस्तो हार्मोनले शरीरको रोगप्रतिरोधी क्षमता बढाउने गर्छ ।
७. प्रजनन् रोग घटाउँछ: हस्तमैथुनले प्रजनन्सम्बन्धी रोग लाग्ने सम्भावना कम गराउँछ । दिनहुँ हस्तमैथुन गर्ने पुरुषमा प्रोस्ट्रेट क्यान्सर लाग्ने सम्भावना कम हुने विभिन्न अध्ययनले देखाएका छन्। त्यस्तै, हस्तमैथुनको आनन्द लिने महिलामा पाठेघरसम्बन्धी इन्फेक्सन अथवा मूत्रनलीमा इन्फेक्सन हुने सम्भावना पनि कम हुन्छ।
स्वास्थ्य खबर






















