
नयाँ कुरो समाचार ।। गायक टंक बुडाथोकी र मेलिना राइको आवाजमा रहेको कसरी कसरी २, टिकटकमा देखेको बोलको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । सार्वजनिक गरिएको १ घण्टा नबित्दै उक्त भिडियोलाई दर्शकले अत्याधिक रुचाएका छन् । नयाँ नयाँ प्रतिभाहरु संग काम गर्दै आइरहेका टंकले यो पल्ट भने बालकलाकारहरु आयुष र अशुं गुराँगाइलाई उनको भिडियोमा मुख्य भुमिका दिएका छन् ।
पाँचथर जिल्लाबाट कलाकारितामा जम्दै गरेको बालकलाकारहरु आयुष र अशुंको प्रस्तुतीलाई दर्शकहरुले निकै रुचाएका छन् । भिडियोमा गायक द्धय टंक र मेलिनाका अतिरिक्त, सुनिल क्षेत्री, दिपा र दमन्ता श्रेष्ठ, एआर बुडाथोकी लगायतका कलाकारलाइ देख्न पाइन्छ । नेपालका चर्चित नृत्य निर्देशक कविराज गहतराजले निर्देशन गरेको गितमा टंक बुडाथोकिकै शब्द र संगित रहेको छ । हेर्नुहोस भिडियो