पाँचथर ।। चितवनमा जन्मनु भएका लोकदोहोरी गायक शक्ती कुमार गोदर र धादिङ की चेली अस्मिता डि.सी को स्वरले भरिएको ‘अरेली’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा दीपेन्द्र ठकुरीको शब्द संगीत रहेको छ भने बिनोद बाजुरालीको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा चर्चित लोक दोहोरी गायस रामजी खाड, अनिल सुनार र संगिता सुनारको अभिनय रहेको छ । मौसम हिमालीको निर्देशन तथा नृत्य निर्देशन रहेको गीतको भिडियोलाई करण चैसिरले खिचेका हुन् । भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् ।
गीत सार्वजनिक गर्दै गायक शक्ती तथा गायिका अस्मिताले दर्शकहरुको माया र साथको अपेक्षा रहेको बताएका छन् । उक्त गीतका लागि निकै मेहनत गरिएकोले त्यसको फल पनि राम्रै आउने अपेक्षा रहेको शक्ती र अस्मिताको विश्वास रहेको छ ।
फोकस नेपालको प्रस्तुती रहेको गीत गत बुधवार फोकस नेपालकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । जती दर्शकले गीत हेर्नुभएको छ, अधिकाशंबाट सकारात्मक प्रतिकृया पाइरहेको गायक शक्त्तीकुमारले बताउनुभयो । भिडियो हेर्नुहोस
https://youtu.be/boJC9FulSio