
पाँचथर । इञ्जिनियर वीरेन्द्र श्रेष्ठ र अन्जु पन्तको स्वरमा सजिएको गीत पिरिमको बाढीको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । ईन्जिनियरको क्षेत्रमा करिब २ दशकदेखि आफ्नो विशेष पहिचान बनाईसकेका वरिष्ठ ईन्जिनियर श्रेष्ठले आफ्नो गायन यात्राकै सबैभन्दा महत्वकांक्षी गीतका रुपमा हेरेको भिडियो रिलिज भए लगत्तै राम्रो प्रतिक्रिया पाइरहेको बताएका छन् । यो म्युजिक भिडियोको केही दन अगाडी पाँचथरको सदरमुकाम फिदिममा विशेस प्रदर्शनी समेत गरिएको थियो । आफ्ना शुभचिन्तकहरुलाइ भेला गराएर म्युजिक भिडियो देखाएका श्रेष्ठले साेही बेला राम्रो प्रतिकृया पाएका थिए ।
नेपाली मौलीक शब्दहरुलाइ उनेर मिठो शैलीमा गाइएको गीतमा दिलीप र केकीको जोडीलाइ लिएर दर्शक उत्साहित भएका छन् । चर्चित सङ्गीतकर्मी दिपक शर्माको शब्द र सङ्गीत, नरेन्द्र बियोगीको सङ्गीत सम्योजन र श्यामश्वेत रशाईलीको मिक्सिङ मास्टरिङ रहेको गीत रहेको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् ।
मिलन विश्वकर्माको सहायक निर्देशनमा तयार भएको भिडियोमा चर्चित अभिनेता दिलिप रायमाझी र केकी अधिकारिको गज्जबको रोमान्स देख्न पाइन्छ । गाउँले परिबेश भित्र प्रेमी र प्रेमिकाको प्रेममय जीवनलाई बिशेष रुपमा प्रस्तुत गरियेको भिडियोमा नायक दिलिप र सुन्दरी नायिका केकी गज्जबसँग खुलेका छन् ।