पछिल्लो समयको सबैभन्दा चर्चामा रहेको गायक पशुपती शर्माको लुटन सके लुट कान्छा बोलको गीतमा प्रधानमन्त्रि केपी शर्मा ओलीले पहिलो पल्ट विचार प्रकट गर्नुभएको छ । सुदुरपश्चिम प्रदेश सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्रिले पछिल्लो समयको सबैभन्दा चर्चित प्रकरणमा मुख खोल्नु भएको हो ।
प्रधानमन्त्रिले भन्नुमयो “एउटा भुलचुकले लुटेर खा कान्छा लुटेर खा भनेर गीत गाएछ जनताले मन पराइदिएनछन र युट्युबबाट हटाएछ, अर्को सांसदले त्यस्तो राम्रो महान गीत लुटेर खान जनतालाई सिकाउने गीत किन हटाएको युट्युब बाट राख्नु पर्छ, हाम्रो त बाटै त्यही हो २५ हजार त्यस गीत बापत पुरस्कार दिन्छु भने अरे ” भन्दै ब्यांग्यात्मक शैलीमा गीतले दिएको शन्देश प्रती असन्तुष्टि ब्यक्त गर्नुभएको हो ।
केही दिन अगाडी पत्रकार ऋसी धमला संगको अन्र्तबातामा गायक पशुपती शर्माले प्रधानमन्त्री या राष्ट्रपतीले फोन गरेर गीत राख्न आग्रह गर्ने अपेक्षा प्रकट गर्नुभएको थियो तर प्रधानमन्त्रिको यस्तो अभिब्यक्त संगै सरकार समेत सो गीतबाट सन्तुष्ट नरहेको बुझिएको छ ।