“गणेशमानको आदर्श र आजको सान्दर्भिकता” विचार गोष्ठी सम्पन्न

निराज राइ ।। पाँचथरमा गणेशमान सिंहको २७ औ‌ स्मृती दिवसको अवसरमा विचार गोष्ठीको आयोजना गरिएको छ ।

गणेशमान सिंह प्रतिष्ठान नेपाल जिल्ला समिति, पाँचथरको आयोजनामा “गणेशमानको आदर्श र आजको सान्दर्भिकता” विषयक विचार गोष्ठी सम्पन्न भएको हो ।

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमका ‍वक्ताहरुले गणेशमान सिंहको योगदानको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी आङदेम्बेले गणेशमान सिंहले देखाएको बाटोमा पार्टी अगाडी बढ्नु पर्ने धाँरणा राख्नुभयो ।

नेपालका बरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रको योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर को रुपमा गणेशमान सिंहको परिचय स्थापित छ । फिदिममा आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरु, पार्टिका पदाधिकारीहरु, शुभच्छुक तथा शुभचिन्तकको सहभागिता रहेको थियो ।

कार्यक्रमकै अवसरमा प्रतिष्ठानलाइ फिदिम नगरपालिकाका सबै वडाहरुमा विस्तार गरिएको छ । फिदिम नगरपिलकाका १४ वटै वडामा वडा संयोजक र फिदिम नरपालिका संयोजक तथा सह संयोजकको जिम्मेवारी समेत प्रदान गरिएको प्रतिष्ठान पाँचथरका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।

फिदिम नगरपालिकाको संयोजकको रुपमा विरेन्द्र भण्डारी चयन हुनुभएको श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा अतिथीहरुलाइ रामकृष्ण चित्रकार द्वारा लिखित गणेशमान सिंहको संक्षिप्त चिनारी तथा पुरुष ढकाल द्वारा लिखित लौह पुरुष गणेशमान सिं नामक पुस्तक समेत वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार