जोड्दा जोड्दै भत्कियो बेलि ब्रिज, ६ जना मजदुर घाइते (भिडियो सहित)

नयाँ कुरो समाचार ।। मेचि राजमार्ग स्थित हेवाखोलाको बेलि ब्रिज भाचिएको छ । पुल जोड्दा जोड्दै भाँचिएको हो ।

२०८१ सालको असोज १२ गतै आएको बाढीले त्यहाँ रहेको बेलि ब्रिज बगाएपछी नयाँ पुल निर्माण भैरहेको थियो ।

पुल भाचिदा ६ जना मजदुर घाइते भएका छन् भने २ जनाको अवस्था गम्भिर रहेको छ ।

घाइते हुनेहरुमा जिल्ला बारा सिमरा उमनपा १२ बस्ने वर्ष २२ को रूपलाल चौधरीको बाहिरी चोट नदेखिएको तत्काल अवस्था बोल्न नसक्ने गम्भिर ।

ऐ. ऐ. बस्ने वर्ष २७ को राजन चौधरीको पिठ्युमा चोट तत्काल अवस्था बोल्न नसक्ने गम्भिर ।

ऐ.ऐ. बस्ने वर्ष २२ को राकेश चौधरीको बाहिरी चोट नदेखीएको तत्काल अवस्था बोल्न नसक्ने गम्भिर ।

ऐ.ऐ. बस्ने वर्ष २५ भुलेश्वर चौधरीको दायाँ खुट्टा भाँचीएको तत्काल अवस्था बोल्न नसक्ने गम्भिर ।

ऐ.ऐ. बस्ने वर्ष ३५ को प्रकाश चौधरीको टाउकोमा र शरिरको विभिन्न भागमा चोट तत्काल अवस्था बोल्न सक्ने मध्यम ।

ऐ.ऐ. बस्ने वर्ष ३० अभिषेक चौधरीको टाउकोमा चोट तत्कला अवस्था मध्यम । रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख कौशलकुमार वुडाथोकीले जानकारी दिनुभयो ।

भिडियोमा हेर्नुस ….

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार