“गीत संगितलाइ त राजनिती भन्दा टाढा राखिदिनुस” – प्रमोद खरेल

गायक प्रमोद खरेलले पशुपति शर्माको गीतमाथि राजनीति नगर्न आग्रह गरेका छन्। सोमवारको संसद बैठकमा शर्माको ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको गीतलाई लिएर प्रतिपक्षी र सत्ता पक्षीय सांसदबीच जुहारी चलेपछि खरेलले गीत स‌ंगितमा राजनिती नगरिदिन आग्रह गरेका छन् ।

सोमवारको बैठकमा कांग्रेस सांसद अमरेश कुमार सिंहले गीत हटाउन लगाएर सरकारले वाक स्वतन्त्रताको हनन गरेको भन्दै गायक शर्मालाई सहयोग स्वरुप २५ हजार रुपैयाँ दिने घोषणा गरेका थिए। त्यसलगत्तै सत्तारुढ सांसद झपट रावलले शर्माको गीत गाइदिए अमरेशलाई नै आफ्नो एक महिनाको तलब दिने भन्दै व्यंग्य गरेका थिए।

गायक खरेलले फेसबुकमा स्टाटस लेख्दै भनेका छन् – “पशुपति शर्मा लाइ २५००० दिने प्रतिपक्षी सांसद र प्रतिउत्तरमा १ महिनाको तलब दिने सत्ताधारी सांसदलाइ अनुरोध‬
“‪त्यो पैसा आफ्नो क्षेत्र का विकासमा थप्नुस , जनताका लागि काम गर्नुस ताकी फेरि फेरि यस्ता गीत बन्न नपरोस‬
‪कर्म गर्नुस, गीत माथि राजनिती नगर्नुस “

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार