
६ फागुन, काठमाडौं ।
प्रदर्शनको सुरुवाती चरणमै यस बर्षको प्रतिक्षित भनिएको चलिचत्र बुलबुलको पोष्टर विवादित बनेको छ । विवादित मात्रै हैन प्रहरीले सम्पूर्ण पोष्टर च्यात्न समेत निर्देशन दिएको छ । पोस्टरमा रक्सीको एउटा ब्रान्डको प्रचार गरेको गुनासो आएपछि प्रहरीले राजधानीका विभिन्न स्थानमा टाँसिएका पोस्टर हटाउन निर्देशन दिएको हो ।
कानूनतः मदिराको विज्ञान गर्न नपाइने भन्दै काठमाडौं प्रहरी परिसर, टेकुले पोस्टर हटाउन निर्देशन दिएको हो । परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार आइतबार चलचित्रका निर्देशक विनोद पौडेल र प्रोड्यूसर अविरल थापालाई बोलाएर पोस्टर हटाउन भनिएको छ ।
फिल्ममा स्वस्तिमा खड्का, बुद्धि तामाङ, लक्ष्मी बर्देवा, मुकुन्द भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, आशिका पाण्डे लगायतको अभिनय गरेका छन्। फिल्ममा कोसिस क्षेत्री र उद्गम परियारको सङ्गीत रहेको छ। प्रहरीले हटाउन लगाएको चलचित्रको पोष्टर यस्तो रहकेो छ …..