चुम्बनका १४ प्रकार:

 ३ फाल्गुन, २०७५

फ्रेन्च किस

फ्रेन्च किस जिब्रोको क्रियाकलापसँग सम्बन्धित हुन्छ । यसमा दुईवटा जिब्रोको सक्रियताले उनीहरूको भावना प्रकट गर्छ ।

हातमा चुम्बन

हातको पछाडि तथा औंलाको बीचमा गरिने चुम्बनले प्रशंसालाई बुझाउँछ । यो पनि एक प्रकारले सामान्य र सभ्य चुम्बन हो ।

अधर चुम्बन

यो चुम्बन एउटा सामान्य बौद्धिक चुम्बन हो । यो सामान्यत: साथीलाई गरिन्छ । यद्यपि यो प्रेमीलाई गरिने चुम्बनको सुरुवात पनि हुनसक्छ ।

एयरबल किस

एयरबल किसलाई सबैभन्दा संवेदनशील चुम्बनका रूपमा लिइन्छ । यो कान र कानको वरपरको भागमा गरिने चुम्बन हो । यो प्रेमीहरूबीचको सबैभन्दा रोमान्टिक चुम्बन हो ।

बटरफ्लाई किस

दुई जना आमुन्ने–सामुन्ने भएर आँखीभौंमा गरिने चुम्बनलाई बटरफ्लाई किस भनिन्छ । यस किसिमको चुम्बनले एक–अर्काको आन्तरिक इसारालाई बुझाउँछ र मायामा पागलपन जगाउँछ ।

लिंगरिङ चुम्बन

ओठमा ओठ जोडेर लामो समय गरिने चुम्बन नै लिंगरिङ किस हो । यो चुम्बन पूर्ण रूपमा एक–अर्कालाई उत्तेजनामा ल्याउन र मायाको गहिराइमा पुर्‍याउन गरिन्छ ।

एस्कियो चुम्बन

यो मायालु खालको चुम्बन हो । यो चुम्बन प्राय: आमाबाबुले साना नानीबाबुहरूलाई गरेको पाइन्छ । वयस्कहरूमा यसलाई रोमान्टिक चुम्बनका रूपमा लिइन्छ ।

सिंगल लिप किस

यो एउटा सूक्ष्म चुम्बन हो । एक–एकवटा ओठमा गरिने यो चुम्बनले प्रेमी–प्रेमिकाबीचको पारस्पारिक सहयोगलाई बुझाउँछ । यसबाट उनीहरू एक–अर्कामा कति सहयोगी छन् भन्ने कुरा बुझ्न सकिन्छ ।

गालामा चुम्बन

अर्ध रूपमा अँगालो मारेर गालामा गरिने चुम्बनले गहिरो मायालाई जनाउँछ । यस प्रकारको चुम्बन प्राय: भेट हुँदा वा बिदाइका बेला गरिन्छ ।

लिभ मार्क किस

यसलाई लिपिष्टिक किस पनि भनिन्छ । युवतीहरूले ओठमा लिपिस्टिक लगाएर युवाहरूको गाला, घाँटी वा ओठमा चुम्बन गर्दा त्यसको दाग बसेको हुन्छ । यो कुनै आवेग–संवेगभन्दा पनि सामान्य खेल जस्तो हुन्छ ।

सेक्रेट म्यासेज किस

युगल जोडीहरू भावनात्मक रूपमा नजिक भएपछि शारीरिक रूपमा एक हुन तयार भएका वेला यो चुम्बन आदान–प्रदान हुन्छ । दम्पती वा स्थायी प्रेममा परेकाहरू यो चुम्बन गर्छन् ।

लिजार्ड किस

यसमा युगल जोडीको जिब्रो मुखभित्र बाहिर गर्न छेपाराले जिब्रो निकालेजस्तै गरिन्छ । यो मायाले भरिएको चुम्बनले स्वर्गीय आनन्दको अनुभव गराउँछ ।

एयर किस

सेलिब्रेटीहरूले आफ्ना प्रशंसक वा प्रशंसकले सेलिब्रेटीहरूप्रति शुभेच्छा प्रकट गर्न यस्तो चुम्बन गरेको पाइन्छ । टाढैबाट गरिने यो किसलाई रोमान्टिक मानिँदैन ।

स्युडेक्टिभ किस

यसलाई मदहोस बनाउने किसका रूपमा लिइन्छ । थोरै मुख खोलेर गरिने यो चुम्बन अरुलाई आफूप्रति आकर्षण गर्न प्रयोग गरिन्छ । यस्तो किसबाट विपरीत लिंगी साथी आफ्नो बसमा आउँछन् । (ekantipur)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार