काठमाण्डाै फाल्गुण २,

नेपालका चर्चित कलाकार द्धय बर्षा राउत र  संजोग कोइरालाको आज विवाह हुदै छ । गत सोमबार यो जोडीले  इन्गेजमेन्ट गरेका गरेको थियो । यो जोडीले  इन्गेजमेन्टमा बर्षा र संजोगकको परिवार मात्र उपस्थित थिए । बर्षा र सञ्जोगले गते प्रेमदिवसको अवसर पारेर बिहे गरेका हुन् । बिहेमा पनि आफन्तलाई मात्र निमन्त्रणा गरिएको छ ।

यो जोडीले फागूण ३ गते भने काठमाण्डौमा चलचित्रकर्मीका लागि पार्टीको आयोजना गरेको छ । बिहेपछि यो जोडीले आफ्नो नामलाई समेत मिलाएर एउटै नाम बनाएको छ । अब यो जोडीको नाम ‘सन्सा’ राखिएको छ । बलिउडबाट सुरु भएको यो शैली नेपालमा पनि अहिले व्याप्त छ । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराजले पनि आफूहरुको नाम मिलाएर ‘आयंका जोडी’ बनाइसकेका छन् । बर्षा र संजोग विगत ७ बर्षदेखि प्रेममा थिए ।

यता बर्ष र सञ्जोगको विवाहलाई लिएर थुप्रै सेलिब्रेटीहरु उत्साहित बनेका छन् । कलाकार तथा निर्देशक दिपाश्री निरौलालले फेसबुक स्टाटस राखेरै यो नयाँ जोडीलाई वधाइ दिन भ्याइसकेकी छन उनले फेसबुकमा लेखेकी छन  – “आफुले माया गरेको मान्छे संग जिबन विताउन पाउनु नै प्रणय दिबस हो ,बिबाह को दिन शुभकामना प्यारो जोड़ीलाई । ” यता नायिका प्रियंका कार्कीले त बेहुलीको लागी मेहन्दी लगाइदिदै गरेका तस्विरहरु समेत सार्वजनिक गरेकी छिन । केही तस्वीरमा हेर्नुहोस बर्षा र सञ्जोगको विवाह