
तपाईको राशिअनुसार २०७२ सालको फागुन महिना कस्तो छ, शिक्षा, स्वास्थ्य, रोजगारी, यात्रा कस्तो छ, के–के काम गर्न शुभ छ र के के काम गर्न अशुभ छ जानकारी पाउन र आफ्नो दैनिक व्यवहारलाई सहज बनाउन यो महिनाको राशिफल हेर्नुहोस् । राशिले जस्तो लक्षण दिए पनि आफ्नो कर्म सबैभन्दा ठूलो कुरा हो, कर्मअनुसारको फल मान्छेले पाउँछ नै त्यसैले कर्म सकारात्मक गरौँ राशिफल स्वभाविक रुपमै सकारात्मक बन्छ नै…
मेष राशि (Aries)
तपार्इंको राशिबाट सूर्य एकादश स्थानमा विराजमान रहेकोले सामान्यतया शुभ फल प्रदायक महिना रहने छ । यो महिनामा धेरै शुभ काम सम्पन्न हुनेछन् । बैदेसिक कामको लागि पनि यो महिना उत्तम रहेको छ । रोजगारीका अवसर प्राप्त हुनेछन् । शैक्षिक क्षेत्र प्रति लगाव हुनेछ । जीविकोपार्जनका स्रोत अरु मजबुत हुनेछन् । सिमित कार्य सिद्धिको लागि अति राम्रा अवसर पाइने छन् । व्यापार, उद्योग फस्टाउने छ । इमान्दार व्यक्तिको साथ पाइनाले धेरै काम सम्पन्न हुन सजिलो हुनेछ । महिनाको पहिलो साता धेरै कामको सिद्धि दिनेवाला छ । रोजगारीका अवसर पाइने छन् । बोरोजगारीका समस्या हल हुनेछन् । पशुपालन तथा कृषि पेशा शुभ रहेको छ । राजनीति पेशा भने त्यति राम्रो रहेको छैन । सरकारी काम सिद्धिको लागि पनि यो साता कमजोर रहेने छ । शैक्षिक क्षेत्रमा रुची बढ्ने छ । घरमा शुभ काम सम्पन्न हुनेछन् । महिनाको दोश्रो साता सामुदायिक कामको लागि उत्तम रहेको छ । समाजमा मान सम्मान र प्रतिष्ठा बढ्ने छ । आयु आरोग्यता बढ्ने छ साथै कतिपय कामना सिद्धि हुनेछन् । परिवारको समस्या परिवारमै हल हुनेछ । मौकाको सहि सदुपयोग गर्न सफल भइने छ । तेश्रो साता, गुमेको धन पाइने छ । श्रम अनुसारको दाम कमाइने छ । माया पिरतीका कुरामा भने फसिने खतरा रहेको छ । नसोचेको यात्रा सम्भावित रहने छ । अन्तिम साता, केही भागदौडयुक्त रहला । मित्रता दिगो रुपमा अघि बढ्ने छ । समग्रमा यो महिना प्रगतिको महिना रहने छ । महिनाको ०३, ०५, ११, १५, १९, २१, २३ र २९ गते कार्य सिद्धिको लागि उपयुक्त दिनहरु रहने छन् । राशि स्वामी – मंगल, शुभ रत्न – मुँगा, शुभ दिशा पूर्व, शुभ रंग – रातो, शुभ अंक – ०१ ।
वृष राशि (Taurus)
तपार्इंको राशि सूर्यको राशिबाट चौथो राशिमा पर्न गएको छ सामान्यतया यो प्रभाव मिश्रीत प्रभाव हुन जान्छ । शरीरमा घाउ चोटको भय रहने छ । गुप्त शत्रु फस्टाउलान् । नकारात्मक सोचहरु आउने छन् । कार्य क्षेत्र भागदौडयुक्त रहने छ । तर पनि बाँकी प्रगतिका कुरामा यो महिना उत्तम नै रहने छ । आफूलाई लागेका आरोपहरु झुठा सावित हुनेछन् । अन्तिममा गएर सोचेको भन्दा राम्रो परिणाम हात लाग्ने छ । नयाँ कामको थालनी हुनेछ । महिनाको पहिलो साता, सामान्यतया कमजोर रहला । विवाद्युक्त काममा हात नहालेको राम्रो होला । उर्जासिल काम भने बन्ने छन् । कृषि, पशुपालन र तामसी बस्तुको प्रयोगद्वारा राम्रो आम्दानी गर्न सकिने छ । परिवारमा भएका असमझदारी सकारात्मक कामद्वारा सुल्झाउन सफल भइने छ । दोस्रो साता, कार्य क्षेत्रमा देखिएका बाधा दुर गर्नको लागि उत्तम रहेको छ । ब्यापार, ब्यवसायबाट राम्रो प्रतिफल प्राप्त गरिने छ । सरकारी काम बन्ने छन् । सामुदायिक कामको लागि केही गुमाउनु पर्ने हुनेछ । सन्तान मार्गबाट शुभ समाचार सुन्न पाइने छ । संचार क्षेत्रमा लाग्नेहरुका लागि यो साता विशेष रहने छ । तेस्रो साता, यात्राको लागि उत्तम रहेको छ । बैदेसिक काम सोचेको जस्तै सुखद नै रहला । आपसी व्यवहारमा तालमेल बन्ने छ । भोलिको लागि दीर्घकालिन सोचका काम बन्ने छन् । आफूले नचाहेर पनि शुभ काममा लगानी हुने अवस्था आउने छ । चौथो साता, धार्मिक कामको लागि उपयुक्त रहने छ । लामो दुरीको यात्रा सम्भव हुनेछ । प्रगतिशिल सोच र विचारले तपाईलार्इ अघि ल्याउने छ । यो महिनाको ०२, ०५, ०९, १०, १४, २१, २७ र ३० गते शुभ कामको सिद्धिको लागि उपयुक्त दिनहरु रहने छन् । राशि स्वामी – शुक्र, शुभ रंग – सेतो, शुभ रत्न – हिरा, शुभ दिशा – दक्षिण, शुभ अंक – ०७ ।
मिथुन राशि (Gemini)
मिथुन राशिको लागि यो महिना मध्यम रहने छ । महिनाको सुरुको तुलनामा अन्तिम अरु प्रगति दिनेवाला रहेको छ । आफ्ना कमिकमजोरीका बिच पनि सामाजिक सम्मानमा कमि आउने छैन । पछिको लागि सोचेर चिन्तित बनिने समय रहेको छ । सरकारी र गैर सरकारी दुवै काम बन्ने छन् । लामो समयबाट बन्न नसकेका काम बन्ने छन् । मित्रता अरु स्मरण लायक बन्ने छ । पहिलो साता, भागदौडयुक्त रहला । कार्यक्षेत्र तनावयुक्त रहने देखिएको छ । अरुलाई गरेको गुन देखिने छैन । आफूलाई अफ्ट्यारो पर्दा सहयोग गर्नेहरु कमै मात्र हुनेछन् । परिवारमा पनि त्यति राम्रो मेल नबन्ला । सामान्य कामको लागि अधिक मेहनत गर्नु पर्ने हुनेछ । दोश्रो साता, मध्यम रहने छ । विचार नपुर्याई गरेको कामले मानसिक अशान्ति दिनेछ । बोलीको कारण विवादमा परिएला । जीविकोपार्जनका नयाँ अवसर भने पाइने छन् । थोरै भएपनि सामाजिक काममा लगानी हुने देखिएको छ । प्रगतिमा सानो सफलता थपिने योग छ । तेस्रो साता, उपलब्धि दिनेवाला छ । कर्मक्षेत्रबाट उत्तम परिणाम पाइने छ । यात्रा केही कस्टकर बने पनि भोलिको लागि शुभ योजनाले आशावादी बनाउने छ । आफ्नो कमजोरी रहँदा रहँदै पनि अरुले माफ गर्दिने छन् । ब्यापार, ब्यवसाय फस्टाउने देखिएको छ । अन्तिम साता, उत्तम रहने छ । केही अधुरा काम बन्ने छन् । आफन्तको साथ पाइने योग छ । संचार र राजनीति क्षेत्र प्रति अकर्षण बढ्ने छ । कला क्षेत्र पनि उत्तिनै उत्तम रहन छ । नसोचेका यात्राहरु शुभ रहने देखिएको छ । कार्य क्षेत्रमा बाधा व्यवधान दुर हुनेछन् । आर्थिक पक्ष मजबुत हुनेछ । ब्यापार, व्यवसायको परिणाम उत्तम रहने छ । समग्रमा यो महिनाको ०३, ०५, ०८, १३, १६, २२, २५ र २७ गते उपयुक्त रहेका छन् । राशि स्वामी – बुध, शुभ रंग – हरियो, शुभ रत्न – पन्ना, शुभ दिशा पश्चिम, शुभ अंक – ०३ ।
कर्कट राशि (Cancer)
बिरानो स्थान भ्रमण हुनेछ । सौखिन कार्यको लागि अधिक खर्च हुनेछ । यो महिना कला, साहित्य र सरकारी कामको लागि अति उत्तम रहने छ । तपार्इंको प्रगतिमा साथ दिनेहरुको कमि रहने छैन । सकभर विवादित कुरामा भाग नलिएको उत्तम हुनेछ । केही गम्भीर विषयमा तपार्इंको सहभागिताले अरुको मन जित्ने वातावरण बन्ने छ । महिनाको पहिलो साता, कार्य ब्यस्तता बनिरहने छ । नयाँ बस्तु प्राप्त गर्ने लालसा बनिरहने छ । बोलीको कारण विवादमा परिने खतर रहेको छ । साथी सङ्गीको कारण अरु धोका हुने समय छ । अपरिचितको सहयोग पाइने छ । मार्गदर्शन गर्नेहरुको अभावमा बनेको कुरा टिकाइ राख्ने चुनैती हुनेछ । साहसिक कामको लागि पनि यो साता सुखद परिणाम दिनेवाला छ । दोस्रो साता, उतम फलि रहने छ । बोलीको कारण हुने व्यापार लाभ दिनेवाला छ । इच्छित कार्य सफलताको योग छ । कला साहित्य र रचनात्मक कामको लागि यो साता उपयोगी हुनेछ । आर्थिक कार्यको लागि मध्यम साता रहेको छ । संचार र राजनीति क्षेत्र सुखद रहेको छ । भोलिको लागि सोचेर गरिने काम बन्ने छन् । प्राकृतिक विपदको कारण हुने रोगको भय रहने छ । परिवारको लागि सोचेर चिन्तित हुने बेला छ । इमान्दार प्रयासले गर्दा नसोचेको काम बन्ने छ । तेश्रो साता, मन बढ्ने र सरकारी काममा सहजता हुने योग छ । शैक्षिक क्षेत्रको लागि बिशेष फलि रहने छ । सिमित स्रोतबाट उचित लाभ कमाइने छ । ब्यापार नाफामा जानेछ । गुमेको धन प्राप्त हुने योग रहेको छ । अन्तिम सातामा, भेटघाटले उचित स्थान पाउने छ । बेरोजगारको समस्या अन्त्य हुनेछ । प्रगतिशिल व्यक्तिको संगत बन्ने छ । सरकारी काम सफल हुनेछन् । सामाजिक कामको लागि पनि वातावरण बन्ने छ । कला, साहित्यमा रुची बढ्ने छ । समग्रमा यो महिना उत्तम रहेको छ । महिनाको ०२, ०३, ०५, ०८, १२, १९, २७, २८ र ३० गते विशेष दिन रहने छन् । राशि स्वामी – चन्द्रमा, शुभ रंग – सेतो, शुभ रत्न – मोति, शुभ दिशा – उत्तर, शुभ अंक – ०८ ।
सिंह राशि (Leo)
तपार्इंको राशि सूर्य राशिबाट सप्तम स्थानमा रहेको छ । शरीरमा घाउ चोट आदिको भय रहे पनि प्रगतिमार्गमा धेरै सफलता थपिने छन् । सरकारी कामको लागि विशेष महिना रहने छ । राजनीतिकर्मीका लागि पनि यो महिना उत्तम रहने छ । धार्मिक कार्यको लागि भने यो महिना मध्यम मात्र रहेको छ । तपाईंले नसोचेको परिणाम प्राप्त हुनेछ । यान्त्रिक विधिद्वारा गरिने हरेक काम सुखद बन्ने छन् । पहिलो साता, पारिवारिक जिम्मेवारी पुरा गरिने छ । लामो समयको प्रयत्नपछि हुने हरेक काम बन्ने छन् । अरुले लगाएका झुठा आरोपको अन्त्य हुनेछ । सपनाहरु विपना रुपमा परिणत हुनेछन् । विश्वासयुक्त पात्रको सहयोग पाइने छ । आफूलाई लाभ हुने विषयमा मित्रको सहयोग बन्ने छ । परीक्षा आदिको परिणाम आफ्नो पक्षमा आउने छ । दोश्रो साता, सबै कामको सिद्धिको लागि उत्तम रहने छ । बोलेको कुरा पुरा हुनेछ ब्यापार, ब्यवसाय सोचेको भन्दा राम्रो हुनेछ । केही कमजोर सोचले भने हिनताबोध गराउने छ । कर्मको फल उचित रुपमा पाइने छ । तेस्रो साता, शुभ यात्राको लागि उत्तम रहेको छ । गुमेको धन पुन हात लाग्ने छ । रोजगारीका अवसर हात पर्ने छन् । चुनौतिको सामना गर्न सक्ने शक्ति आर्जन गरिने छ । अरुको लागि भएपनि शुभ काममा खर्च गर्नु पर्ने हुनेछ । दीर्घकालिन सोचका काम सम्पन्न हुनेछन् । बोलीको कारण हुने ब्यापार सफल हुने देखिएको छ । साताको अन्त्यमा सरकारी काम बन्ने छन् । घरमा विद्वानको आगमन हुनेछ । नैतिकतामा विशेष सजग भइने छ । समग्रमा यो महिना उत्तम रहने छ । महिनाको ०२, ०४, ०५, ०९, १४, १७, २२, २५ र २९ गते शुभ कामको लागि उत्तम दिनहरु हुनेछन् । राशि स्वामी – सूर्य, शुभ रंग – रातो, शुभ रत्न – माणिक्य, शुभ अंक – ०१ ।
कन्या राशि (Virgo)
सूर्यदेखि अष्टम स्थानमा तपार्इंको राशि रहेको छ । ज्योतिषीय हिसाबले यो प्रभाव नकारात्मक रहेको छ । मनमा अनेक चिन्ता हुनेछन् । गुप्त शत्रुको भय रहने रहला । शस्त्र, अस्त्रको भय रहने खतरा बन्ने छ । शरीरमा गुप्त रोगको सिकायत रहन सक्ने छ । परिवारमा समस्या ल्याई प्रतिफल लिनेहरु भेटिने छन् । अरुको तत्काल विश्वास गरिहाल्ने अवस्था समेत नरहने देखिएको छ । ब्यक्तिगत रिसिपिले परिवारको प्रतिष्ठा कमजोर गर्न सक्ने छ । महिनाको पहिलो साता, केही रमाइलो वातावरणमा बित्ने छ । नैतिकताको प्रश्न बन्न सक्नेछ । तर सबैको मन जित्न सफल भइने छ । पढाइ, लेखाइ प्रति आकर्षण बढ्ने छ । माया पिरतीको कुरामा कमजोर भइने छ । सबैको हित चाहँदा चाहँदै आफ्नो काम पछि नपरोस् भन्ने तर्फ ध्यान जानु जरुरी देखिएको छ । दोस्रो साता, केही उतार चढाव दिनेवाला छ । बनिसकेको काम अन्त्यमा गएर बिग्रने भय रहने छ । बिना कारण आरोप सहनु पर्ने हुन सक्छ । मातृभूमि प्रति तपार्इंको नजर सुखद हुनेछ । कला क्षेत्रमा विशेष रुची हुनेछ । अपरिचितको सहयोग पाइने छ । शान्ति र स्थिरताको लागि गरिने मानवीय प्रयास सफल हुनेछ । तेस्रो साता, अनेक सोचले गर्दा मानसिक चिन्ता हुनेछ । व्यपार घाटा सहनु पर्ने हुन सक्छ । आर्थिक संकट आइपर्ने योग छ । मनोरन्जनमा अधिक खर्च होला । सामाजिक काममा भाँजो हाल्नेहरुका कारण सहि हिसाब प्राप्त गर्न गार्हो होला । कार्य क्षेत्र विवादित रहने खतरा रहेको छ । सिमित कामनाको कारण ठूलो प्रतिफल गुम्ने भय भने बनिरहने छ । अन्तिम साता, भने सोचेका कामना पुरा हुनेछन् । स्थिर लक्ष्मी प्राप्त हुनेछ । मुद्दा मामिलामा तपार्इंको विजय सम्भव रहने छ । सामाजिक कामको लागि गरिने प्रयास सफल हुनेछ । भोलिको लागि दीर्घकालिन सोचका काम सम्पन्न हुनेछन् । समग्रमा महिनाको ०२, ०४, ०६, ०९, ११, १५, १८, २३, २६ र २७ गते विशेष रहने छन् । राशि स्वामी – बुध, शुभ रंग – हरियो, शुभ रत्न – पन्ना, शुभ दिशा – दक्षिण, शुभ अंक – ०६।
तुला राशि (Libra)
यो महिना तपार्इंको राशिको लागि खुसियाली दिनेवाला रहेको छ । आर्थिक कारोवार फल्ने फुल्ने छ । सरकारी र गैर सरकारी काम सोचेको भन्दा राम्रो नतिजा दिनेवाला रहेको छ । कला, साहित्य क्षेत्र प्रति रुची हुनेछ । अरुको लागि राम्रो सोच राख्दा नसोचेको सफलता मिल्ने छ । यो महिना संचार र यातायात क्षेत्रको लागि पनि विशेष रहने छ । पहिलो साता, सामाजिक सदभाव बढ्ने काममा लगानी हुनेछ । मित्रता दरो र भरोशायुक्त रहने छ । यात्राहरु सम्पन्न हुनेछन् । सिजन अनुसारको काम पेशा गरे लाभ होला । राजनीतिमा सफलता मिल्ने छ । दोश्रो साता, ब्यर्थका कुरामा झमेला हुनेछ । बैदेसिक कामको लागि गरिने प्रयास सफल हुनेछन् । प्रेम सम्बन्ध प्रगाढ होला । सानो कुरालाई ठूलो मान्ने कुराले धेरै पाउने लालसा भने अधुरो रहला । गरेको अनुसार प्रतिफल नआउँदा काम गर्ने जाँगर मरेर आउने छ । बोलीमा कर्कसता बन्ने छ । कला क्षेत्र प्रति अरुचि होला । सहि निर्णय गर्नबाट चुकिने छ, जसले गर्दा सबैको आलोचना खानु पर्ला । तेस्रो साता, व्यक्तिगत कार्यको लागि शुभ रहने छ । पढाइ, लेखाइ र आफ्नो करियरलार्इ लिएर चिन्तित बनिने छ । आर्थिक कार्यमा हानी हुनेछ । सन्तान मार्गबाट शुभ समाचार सुनिने छ । पशुपालन तथा कृषि कार्यबाट सोचेको प्रतिफल पाउने गाह्रो हुनेछ । अन्तिम साता, सबै कुराको प्राप्तिको लागि उत्तम रहने छ । सन्तान प्राप्ति योग रहेको छ । झमेलाको अन्त्य हुने र नयाँ कामको थालनी हुने योग छ । सार्थक विषयमा खर्च बढ्ने छ । कार्य ब्यस्तताको बीच पनि धार्मिक काममा भने लगानी हुनेछ । समग्रमा महिनाको ०२, ०५, ०९, ११, १५, १६, २१, २५, २९ र ३० गते विशेष लाभदायक दिन रहने छन् । राशि स्वामी – शुक्र, शुभ रंग – सेतो, शुभ रत्न – हिरा, शुभ दिशा – पश्चिम, शुभ अंक – ०७ ।
वृश्चिक राशि (Scorpio)
प्रगति मार्गमा नयाँ आयाम थपिने छ । केही कमजोर कामनाको परिणाम स्वरुप दुःख पाइए पनि अन्त्यमा सुखको अनुभूति हुनेछ । शैक्षिक र धार्मिक काम यो महिनाको लागि उपयुक्त सिद्धि रहने छ । परिवामा प्रेम, भाइचारा बढ्ने छ । नसोचेको यात्रा हुने योग रहेको छ । पहिलो साता, यात्राको लागि उपयुक्त रहने छ । कला र साहित्य क्षेत्र तपार्इंको लागि प्रिय बन्ने छ । नयाँ जिम्मेवारी पाइने छ । आर्थिक रुपमा सम्वृद्धि हासिल गरिने छ । निरन्तरको कोसिसले तपार्इंको अधुरो काम बन्ने छ । मित्रको साथले निकै महत्व पूर्ण काम सिद्ध होलान् । अपरिचितको सहयोग पाइने छ । आफन्तजनमा खुसी छाउला । विश्वास नगरेको बस्तु पाइने छ । भोलिको लागि सोचेर गरिने काम बन्ने छन् । दोस्रो साता, प्रगतिको लागि राम्रो छ । यातायात र कला क्षेत्रमा प्रगति हुनेछ । केही कानुनी अड्चन आए पनि अन्त्यमा पुरा हुनेछन् । कार्य क्षेत्र अरु सम्बृद्ध बन्ने छ । सृजनसिल कामको लागि तपार्इंको यो साता उपयुक्त रहला । मित्रता दिगो हुनेछ । नयाँ सोचले गर्दा केही गर्ने जाँगर बढ्ने छ । तेस्रो साता, यात्रा र ब्यापारिक कामको लागि उत्तम रहने छ । राजनीतिमा रुची हुनेछ । घरमा अतिथि सत्कार गर्ने मौका मिल्ने छ । विवादित कुराको अन्त्यसँगै नयाँ कामको लागि बाटो खुल्ने छ । छिट्टै प्रभावित हुने बानीले मित्रता बढ्ने छ । साहित्यिक काममा रुची हुनेछ । ठूलो घाटा भएपनि तपार्इंको धार्मिक इच्छामा कमि रहने छैन । विवादको निकास हुनेछ। अन्तिम साता, लामो दुरीको यात्राको लागि उत्तम रहने छ । आफ्नो सक्रियताले परिवारलाई फाइदा हुनेछ । नकारात्मक व्यक्तिको संगतबाट टाढा भइने छ । सिमित स्रोतको उपयोगद्वारा आर्थिक लाभ हुनेछ । यान्त्रिक बिधिद्वारा गरिने कामले तपार्इंको सोच भन्दा राम्रो आम्दानी हुनेछ । समग्रमा यो महिना शुभ रहेको छ । महिनाको ०२, ०४, ०५, ०७, ०९, ११, १९, २३, २६ र २८ गते सुखद दिन रहने छन् । राशि स्वामी – मंगल, शुभ रंग –रातो, शुभ रत्न – मुँगा, शुभ दिशा – उत्तर, शुभ अंक – ०८ ।
धनु राशि (Sagittarius)
नयाँ कामको थालनी हुनेछ । आर्थिक रुपमा सम्वृद्धि प्राप्त गरिने छ । बोलीको कारण हुने व्यापार फस्टाउने छ । गुमेको धन पाइने छ । उपहारमा बहुमुल्य बस्तु पाइने योग छ । ढिलाई भएपनि शुभ कामको सिद्धि हुनेछ । कार्य क्षेत्र विवाद रहित हुनेछ । परिवारमा विचित्रको मिलन हुनेछ । सभा, सम्मेलनमा भाग दिने मौका छ । महिनाको पहिलो साता, व्यक्तिगत कठिनाई भोग्नु पर्ने छ । सृजनसिल काममा रुची हुनेछ । बैदेसिक कामको लागि उत्तम दिन रहेको छ । तपार्इंको प्रगतिलार्इ देखेर खुसी हुनेहरु भेटिने छन् । प्रगति मार्गमा अपरिचित व्यक्ति सहयोगी भएर आउलान् । केही सानो कुराको लागि ठूलो धन व्यय हुने योग रहेको छ । दोस्रो साता, प्रशासनिक कामको लागि उत्तम रहेको छ । राम्रा मान्छेको संगतले तपाईंलार्इ अग्रणी बनाउने छ । आय आर्जनका स्रोत बढ्ने छ । बेरोजगारीलाई रोजगार मिल्ने छ । जागीर गर्नेको लागि जागीर पाइने योग छ । शैक्षिक कामको लागि राम्रो वातावरण पाइने छ । तेस्रो साता, यात्रा र बैदेसिक काम बन्ने छन् । बोली र व्यवहारमा एकरुपता आउने छ जसले गर्दा मित्रको मन जित्न सकिने छ । ब्यापार, व्यवसाय फस्टाउने छ । गुमेको धन पाइने समय रहेको छ । इस्ट– मित्रमा भने झमेला आइ पर्ने योग रहेको छ । लामो दुरीको यात्रा तय हुनेछ । धार्मिक कार्यको लागि भने अनिक्षा जाग्ने छ । यो साता संचार क्षेत्रको लागि पनि उत्तम रहने छ । महिनाको अन्तिम साता, केही कमजोर रहेको छ । परीक्षा, प्रतियोगिताको परिणाम सोचेको भन्दा कमजोर आउला । माया पिरतीमा फसिने छ । यात्रा कमजोर बन्ने छ । व्यक्तिगत काममा धक्का पुग्ने छ । विषयको उचित ज्ञान नहुँदा पछिपरिने खतरा रहेको छ । समग्रमा यो साता मध्यम फलि रहेको छ । साताको ०२, ०४, ०६, ०९, ११, १६, १९, २१, २३, २६, २९ गते शुभ रहने छ । राशि स्वामी – बृहस्पति, शुभ रंग – पहेँलो, शुभ रत्न – पुस्पराज, शुभ दिशा – पूर्व, शुभ अंक – ०४ ।
मकर राशि (Capricorn)
मकर राशिबाट सूर्यको राशि द्वादशमा पर्ने भएकोले यो प्रभाव मध्यम मात्र रहने छ । हातमा आइसकेको अवसर गुम्न सक्ने तर्फ सजग हुनु पर्ला । आर्थिक अनुशासनमा विशेष गरी ध्यान दिनुपर्ने हुनेछ । ब्यर्थका कुरामा झमेला आइ पर्ने र आँखा सम्बन्धी बाधा सहनु पर्ने होला । अरुको भरमा पर्दा बनिसकेको अवसर गुम्न पनि बेर लाग्ने छैन । सामाजिक कामका लागि नयाँ प्रयास जारी रहने छ । महिनाको अन्त्य सुखद रहने छ । महिनाको प्रथम साता, विशेष गरी लाभ प्रदान गर्नेवाला छ । साना बाध्यताको कारण ठूलो प्रतिफल नगुमोस् भन्ने तर्फ सजग रहनु होला । दीर्घकालिन समस्याको समाधान गर्ने तर्फ ध्यान जानु जरुरी देखिएको छ । भेटघाट र भलाकुसारीबाट निस्कने निचोड अत्यन्तै राम्रो होला । शैक्षिक क्षेत्र मध्यम रहने योग रहेको छ । सम्बन्धित विषयप्रतिको लगावले अघि बढ्न सजिलो हुनेछ । कार्यक्षेत्र उपलब्धि दिनेवाला रहेको छ । दोस्रो साता, नसोचेको यात्रामा निस्कनु पर्नेछ । कार्य ब्यस्तताको बीच पनि धार्मिक कार्यमा भने मन लागिरहने छ । विद्यमान् समस्याको समाधान निकाल्न सफल भइने छ । कुनै पनि नकारात्मक कुराले मानसिक चिन्ता दिनेछ । साहित्य, कला तथा रचनात्मक कार्य प्रति ध्यान लागिरहने छ । तेस्रो साता, विवादित कुराको छिनोफानो हुनेछ । मानवताको लागि केही राम्रो गर्ने कुरामा सहमत भइने छ । कार्यक्षेत्र विवादित बन्ने देखिएको छ । आर्थिक लेनदेनमा विवादित भइने भय बनिरहने छ । संचार क्षेत्र तथा यातायात सम्बन्धी काममा सफलता प्राप्त हुनेछ । सिमित कामको लागि यात्रा सम्भव रहेको छ । महिनाको अन्तिम साता, विशेष फलि रहेको छ । सरकारी कामको लागि यो साता सुखद बन्ने देखिएको छ । विवादित कुराको अन्त्य हुनेछ । बोलीको कारण विवादमा परिने खतरा भने रहने छ । आफ्ना कमजोरीहरु लुकाएर अघि बढे घाटा हुनेछ । शैक्षिक भ्रमण सफल हुनेछ । समग्रमा यो महिना मध्यम फलि रहने देखिएको छ । महिनाको ०२, ०४, ०५, ०७, ०९, ११, १५, १८, द्दघ, २५, २७ र २९ गते विशेष फलि रहने छन् । राशि – स्वामी – शनि, शुभ रंग – कालो, शुभ रत्न – निलम, शुभ दिशा – दक्षिण, शुभ अंक – ०७
कुम्भ राशि (Aquarius)
कुम्भ राशिको लागि फागुन महिना विशेष रहने छ । धेरै नयाँ कामको थालनी हुनेछ । विशेष कार्यको लागि लगानी होला । ब्यापार व्यवसायको लागि उत्तम रहने छ । कार्य क्षेत्र प्रगतियुक्त रहने छ । सामाजिक र आर्थिक कारोवार राम्रो होला । शिक्षा र स्वास्थ्यको लागि खर्च हुनेछ । बैदेसिक कामको लागि महिना घातक रहेको छ । यात्रा र संचार सम्बन्धी काम भरसक नगरेको राम्रो । विपदको समयमा आफन्तको साथ पाइने छ । महिनाको पहिलो साता, विशेष रहने छ । सोचेका काम पुरा हुनेछन् । मानसिक शान्ति भएको आनुभूति हुनेछ । पढाइ, लेखाइमा सुधार हुनेछ । साहसिक र कलात्मक क्षेत्रमा रुची हुनेछ । मर्गदर्शन गर्नेहरुको उचित सहयोग हुनेछ । साताको अन्त्यमा केही विवाद आइ पर्लान् । थोरै व्यय भार पनि बढ्ला । दोस्रो साताको प्रारम्भमा उतार चढाव बनिरहने छ । श्रम अनुसारको दाम पाउन गाह्रो हुनेछ । माया, पिरतीका कुरामा कमजोर परिने छ । ब्यर्थका यात्राले शरीर थकित बन्ने छ । सामाजिक क्षेत्रको लागि गरिने प्रयास भने सफल हुनेछ । परिवारको प्रतिष्ठा बढ्ने काम हुनेछ । इमान्दार प्रयासले सफल भइने छ । तेस्रो साता, ब्यापारको लागि उत्तम रहेको छ । कार्यक्षेत्र सम्बृद्ध हुनेछ । लगानीका क्षेत्रहरु बढ्ने छन् । सामाजिक प्रतिष्ठा बढ्ने छ । अरुको लागि केही सहयोग गर्दा प्रतिफल अझ बढी आउने छ । मेसिनरी बस्तुको प्रयोगबाट उचित लाभ पाइने छ । कार्यक्षेत्रमा भएका विवाद दुर हुनेछन् । बोलीको कारण हुने ब्यापार फस्टाउने छ । संचार क्षेत्रमा केही राम्रो नतिजा मिल्ने छ । प्रकृतिको साथ पाइने छ । महिनाको अन्तिम साता, भने उत्साह र उमङ्ग दिनेवाला छ । सोचेका अधिकतम काम बन्ने छन् । मानविय कामको लागि यो साता उपयोगी सिद्ध हुनेछ । तपार्इंको प्रगतिको लागि परिवारको उचित साथ पाइने छ । बेला मौका देखिने असमझदारीको अन्त्य हुनेछ । मार्गदर्शन गर्नेहरुको कारण ठूलो गलत निर्णयबाट बचिने छ । सिमित कामनाको लागि व्यय हुनेछ । ब्यापार, कृषि, पशुपलन, जग्गा जमिनको कारोवार र गाडी, वाहन सुख पाइने छ । आर्थिक पक्ष मजबुत हुने देखिएको छ । समग्रमा महिनाको ०२, ०३, ०५, ०७, ०८, ११, १४, १६, १९, २१, २४, २७ र ३० गते विशेष फलि रहलान् । राशि स्वामी – शनि, शुभ रंग – निलो, शुभ रत्न – निलम, शुभ दिशा – पश्चिम, शुभ अंक – ०७ ।
मिन राशि (Pisces)
तपार्इंको राशि सूर्य राशिको प्रभावमा बनेकोले शारीरिक हानी हुने योग छ, गाडी वाहन, हतियारको प्रयोग र अग्निकारक बस्तुको प्रयोग गर्दा सावधान रहनु होला । न्यायिक काममा पनि त्यति सुखद समय रहेको छैन । आर्थिक कारोवारमा भने समस्या रहने छैन । परिवारको साथ पाइने छ । नसोचेको कामको लागि लगानी भए पनि ब्यर्थ भने जाने छैन । यो महिना साहसिक कार्य र मेहनत युक्त कामको लागि उत्तम रहने छ । विवादित कुराको अन्त्यको लागि पनि यो महिना उत्तम बन्ने छ । अरुको लागि केही राम्रो गर्ने र सम्मानित हुने मौका रहेको छ । पहिलो साता, व्यवहारिक कामको लागि उत्तम रहने छ । ब्यापार भने त्यति सन्तोषजनक नरहला । ब्यर्थका कुरामा भागदौड भए पनि अन्त्य सुन्य मात्र हात लाग्ने छ । परिस्थितिको सहि मूल्याङ्कन नहुँदा आउने परिस्थिति नकारात्मक हुनेछ । थोरै कामको लागि अधिक मेहनत हुनेछ । बनिसकेको काम अन्त्यमा बिग्रने भय पनि बनिरहने छ । कार्य क्षेत्र केही विवादित हुने खतरा रहेको छ । दोश्रो सातातिर, नसोचेको क्षेत्रबाट धन आगमन हुने देखिएको छ । सिमित कामनाको लागि हुने ब्यापार शुभ फल प्रदायक बन्ने छ । प्रेम सम्बन्ध फल्ने फुल्ने छ । नसोचेको यात्रा तय गर्नु पर्ला । यातायातको क्षेत्र त्यति उपयुक्त रहने छैन । आफ्ना कमजोरी लुकाउँदा घाटा हुनेछ । न्यायमा भने सफल भइने छ । परीक्षा, प्रतियोगिताको परिणाम सोचेको भन्दा राम्रो आउने छ । विचारले अरुलाई प्रभावित बनाउन सफल भइने छ । तेस्रो साता, जग्गा जमिन सम्बन्धी कारोवारको लागि उत्तम रहने छ । माया पिरतीमा दाग लाग्ने छ । प्राकृतिक विपदाको सामना गर्नु पर्ने हुन सक्छ । थोरै भएपनि इच्छित काम सम्पन्न हुनेछन् । आय आर्जनका स्रोत बढ्ने छन् । ब्यापारबाट भने सोचेको प्रतिफल प्राप्त गर्न मुस्किल पर्नेछ । सिमित स्रोतको उपयोग द्वारा प्रतिफल पाउन गार्हो होला । तपार्इंको हित चाहनेहरु बढ्ने छन् । रचनात्मक कामबाट उचित प्रतिफल प्राप्त गरिने छ । महिनाको अन्तिम साता उत्तम रहला । नयाँ कामहरु बन्ने छन् । विचारले तपार्इंलाई उँचा बनाउने छ । ब्यापारको लागि उत्तम समय रहने छ । कार्य क्षेत्रमा आएका विवाद दुर हुनेछन् । कला क्षेत्र विशेष लाभ प्रदान गर्नेवाला छ । साहसिक र वैचारिक दुवै विषयले तपाईलार्इ अग्रणी बनाउने छ । भोलिको लागि नयाँ कामको थालनी हुनेछ । समग्रमा यो महिना मध्यम फलि रहने छ । महिनाको ०२, ०५, ०९, ११, १४, १७, १८, १९, २२, २४, २७, र २९ गते विशेष रहने छन् । राशि स्वामी – बृहस्पति, शुभ रंग – पंहेलो, शुभ रत्न – पुस्पराज, शुभ दिशा – उत्तर, शुभ अंक – ४ ।
ज्यो. पं. खगेन्द्र खनाल (आजको खबर)