
https://youtu.be/sJ9ZJI9XQc8
मान्छेको टुप्पी कति लामो होला २ फिट, ३ फिट ४ फिट । तर पाँचथरको फिदिम नगरपालिका वडा नम्वर २ का ७९ बर्षीय यामनारायण भण्डारीको टुप्पी साढे ११ फिट लामो छ । यहि टुप्पीकै कारण उहाँ टुप्पी बा नामले कहलिनुभएको छ । मान्छेले नयाँ नयाँ अनि अरुको भन्दा फरक काम गरेर बिश्व किर्तिमान कायम गर्दै आएका छन । तर पाँचथरको फिदिम २ निवासी ७९ बर्षीय यामनारायण भण्डारीलाई भने साढे ११ फिट लामो आफ्नै टुप्पीका माध्यमबाट आफुलाई कसैले चिन्छ भन्ने विश्वास थिएन । बाल्यकालमा उनले टुप्पी पाल्ने कल्पना पनि गर्नुभएको थिएन । चालिस बर्ष अगाडी बिहानीपख सपनामा गेरु बस्त्रधारी साधुले टुप्पी नकाट्न र नकोर्न भनेपछि पाल्न थालेको उहाँको स्मरण छ । हाल भण्डारीको टुप्पी हाल ११ फिट ५ इन्च लामो छ । टुप्पी लामो भएका उहाँलाई नुहाउन निक्कै सकस हुन्छ । पहिले टुप्पी सम्हालेर बोल वा बाल्टीमा राखेपछि मात्रै शरिर नुहाउनु पर्ने उहाँको बाद्यता छ । उहाँको टुप्पी पुरै छोड्नुपरे वा अग्लो ठाँउमा चढ्नुपर्छ । २० वर्षअघि घाँस काट्न रुखमा चढ्दा भण्डारीको थप ४ फिट टुप्पी रुखका हाँगाले लुछेर लगेको थियो । यत्तिको टुप्पी चुँडिदा आफु चिन्तित भएको उहाँ बताँउनुहुन्छ । मान्छेले नयाँ नया काम र नयाँ नयाँ सिर्जना गरेर विश्व किर्तिमान कायम गरिरहेका छन । यामनारायणको टुप्पीबारे प्रचार प्रसार हुन सके तीनै किर्तिमानीहरुको भीडमा यामनारायणको टुप्पी पनिले पनि नयाँ रेकर्ड कायम राख्न सक्ला कि ? भिडियोमा हेर्नुहोस यामनारायणको टुप्पी