लक्ष्मी गाैतम
https://youtu.be/CcnnOs2LFwc
मुखले मुरली वा बाँसुरी वजाँउन जो कोहिले पनि सक्छन । तर पाँचथरको हिलिहाङ ५ (साबिक सुभाङ ८) मा जन्मेर हाल झापाको झापाको मेचीनगरमा बसोवास गर्दै आउनुभएका मात्रिकाप्रसाद संग्रौलासँग यस्तो कला छ प्रतिभा छ उनी नाकैले मुरली र बाँसुरी बजाउन सक्छन त्यो पनि एउटा मात्रै होइन सयौं गीतको धुनमा अनि पाँचसात मिनेट मात्रै होइन घण्टौंसम्म । अनि दिनभरी र रातभरी पनि । २०२५ साल जेठ १५ गते पुर्वी पहाडको सुभाङ ८ ओराङफुङमा जन्मिएका उनी हाल पेशाले नेपाल बिद्युत प्राधिकरणका जागिरे हुन । बिना तालिम स्व–अभ्यासले नाकले मुरली बजाउन सक्ने भएका हुन । यो सँगै उनीसँग बि–भिन्न भाकामा सुसेली गाँउने,चराचुरुङगीको आवाज निकाल्ने अनि नयाँ पुराना भाखामा गीत,कबिता,गजल भजन र मुक्तक रचना गर्नुका साथै सारङगी,गितार बिनायो र मुर्चुङगा बजाएर मनोरञ्जन दिन्छन । यहि कला फस्टाँउदै गएपछि अहिले उनलाई झापादेखि इलाम हुँदै पाँचथर जिल्लासम्मका गाँउ टोलमा आयोजना हुने कार्यक्रममा कला प्रश्तुत गर्ने निम्तो मान्न भ्याई नभ्याई हुने गरेको छ । उनले हालसम्म नाकैले मुरली र वाँसुरीसँगै परम्परागत वाद्यवाधनका सामग्री बोकेर ,टुंगना, मुर्चुंगा, बिनायो र पात जस्ता बाद्यबादनका सामग्री बोकी नेपाल भारत र सिक्किम विभिन्न स्थानमा पुगेर स्टेच कार्यक्रममा प्रश्तती गरि सकेका छन । संग्रौला जहाँ पुग्छन सोहि ठाँउमा नाकले मुरली र वाँसुरी वजाएर स्रोता र दर्शकलाई मन्त्रमुग्ध पार्छन । बिनायो,मुुर्चुङ्गा,पत्ता,मुरली र वाँसुरी जस्ता लोकवाजा झोलामैं वोकेर हिड्ने उनी चरा चुरुङगी र जनावरको आवाज पनि निकालेर झुक्याउन पनि सक्छन । आफ्नो यो कला नियमित योग साधनाबाट प्राप्त भएको उनको भनाई छ । विद्युत प्राधिकरणमा इलेक्ट्रिसियनका रुपमा कार्यरत संग्रौला घरमा होस,कार्यालयमा या जाँ कँहि गएर पनि खालीहात बस्दैनन । नयाँ नयाँ कुरा सिक्ने हेर्ने अनि अनुभव गर्ने क्रममै नाकले मुरली वजाउन जान भएको उनी सुनाँउछन । घरबाट कार्यालय जाँदा होस या मध्यरातमा नै किन नहोस कुनै कुरा फु¥र्यो भने तत्काल टिपोट गर्ने बानी छ उनको । संग्रौलाका गीत, भजन,कविता र लोक दोहोरी समेत गरी हालसम्म ११ वटा पुस्तक प्रकाशन भइसकेका छन । उनको टोलमा एउटा भजन किर्तन समूह गठन गरिएको छ । श्रीमति सीता त्यहि समूहकी नृत्य प्रशिक्षक हुन भने मात्रिका पनि समूहमा बाद्य बादन कला सम्बन्धि प्रशिक्षण दिन्छन । प्रशिक्षणका क्रममा अधिकांशले विनायो,मुचुङा लगायतका वाजा वजाए पनि नाकले मुरल भने कसैले वजाउन नसकेको अनुभव उनको छ । “मुखले राम्ररी वजाउन जान्नेहरु पनि नाकभित्र मुरली छिर्नासाथ काउकुती लागेर हास्न थाल्छन,त्यो देख्दा आफुलाई पनि हाँस उठ्छ ।”जीबन जीउने क्रममा खाएका अनेकन हण्डर ठक्कर र दुर्र्घटनाले आफुलाई संगीततर्फ डो¥याएको उनको अनुभव छ । कला देखाउने क्रममा उनले नेपाल र भारतका दर्जनौं संघ सस्थाबाट ै सम्मान र पुरस्कार पाएका छन् । कला प्रश्तुतीका क्रममा भारत जाँदा त्यहाँ बस्ने नेपाली मुलका बासिन्दाले नेपाली लोकलय र नेपाली भाखाप्रति गरेको सम्मान स्मरणयोग्य रहेको संग्रौला सुनाँउछन । ोझेलमा परेको वताउने यी कलाकारको राजधानी देशको कुनैपनि स्थानमा आयोजना हुँने नाकले घण्टौं मुरली वजाएर गिनिज वुक अफ दि वल्र्ड मा नाम लेखाउने ईच्छा राखेका छन । उनको अनौठो कलाबाट प्रभावित नहुने कोही छैन् । सुभाङका पुर्व अध्यक्ष हरिप्रसाद ओझा भन्छन – ‘ग्रामिण परिवेशमा हुर्किएका मात्रिकाका प्रतिभाको प्रचार गर्नु जरुरी छ ।”