प्रेमले के सिकायो.?
सुरुसुरुमा बेहिसाब हाँस्न सिकायो,
एकको मन दोस्रो संग गाँस्न सिकायो !
जब माया प्रेमका कुरा हुन्थ्यो
त्यतिबेला धड्कनले धड्कनकै गतिलाई नाच्न सिकायो ।
यी सब त सुरु सुरुमा हुन्थे,
बिस्तार बिस्तारै ….
खुशी कम पीडा ज्यादा साँट्न सिकायो
सहि कम झुट बढी र त ढाँट्न सिकायो !
एकदिन उसलाई अरु नै मन परेपछी
सहिसलामत मनलाई फाट्न सिकायो !!
मनै फाटिसकेपछी
खुट्टा भुईमा ढालिसकेपछि
उ अरुकै भईसकेपछि …..
सोचे उसले प्रेम के हो बुझेको छैन,
बुझेको भए यस्तो गर्ने नै थिएन ।
मनले हृदयलाई सोध्योस् प्रेम के हो ?
हृदयले मनलाई भन्यो अरे पागल तँ आफै टुटेको छस
र पनि किन बुझ्दैनस ?
त्यसैले
आजकल मेरो मन पिडामा हाँस्ने भएको छ,
खुट्टा भुईमा पछारिंदा उठ्ने भएको छ ।
सबैभन्दा घतलाग्दो कुरा त यो हो कि,
आफैले आफैलाई आफ्नो मान्ने भएको छ,
र त जिन्दगी पल पल मरेपनी आत्मविश्वास नामक अमृत पिएर बाँच्ने भएको छ..?💕💕
थमन केशी






















