ए डिभिजन लिगः च्यासल र जावलाखेल तथा हिमायलन र ब्रिगेड ब्वाईज भिड्ने

२०७६, १५ पुष मंगलवार : सहिद स्मारक ए डिभिजन लिगमा आज (मंगलबार) दुई खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार चौथो चरणको खेल अनुसार मंगलबार च्यासल र जावलाखेल तथा हिमायलन शेर्पा र ब्रिगेड ब्वाईजबीच प्रतिस्पर्धा हुनेछ ।
दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

पहिलो खेलमा च्यासल र जावलाखेल बिहान साढे ११ बजे भिड्न सुरु गर्नेछन् । दोस्रो खेलमा हिमालयन शेर्पा र ब्रिगेड दिउँसो ३ बजे भिड्नेछन् ।लिगमा तीन खेलबाट च्यासलले एक जित, एक बराबर र एक हारबाट ४ अंक जोडेको छ ।

लिगमा अपराजित रहेको जावलाखेलको ५ अंक छ । यस्तै शेर्पा क्लब दुई बराबर र एक हार सहित २ अंक जोडेको छ । ब्रिगेड एक जित र दुई हार सहित ३ अंक जोडेर तालिकाको दशौं स्थानमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार